बैङ्किङ कसूरसम्बन्धी विधेयकमाथि राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौँ- बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधन प्रतिनिधिसभाले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राख्नुभएको ‘बैङ्किङ कसूर तथा सजाय ९ दोस्रो संशोधन विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो ।
राष्ट्रियसभाबाट भएको संशोधनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभाबाट प्राप्त भएका सुझावलाई समेटेर जाँदा विधेयक थप स्पष्ट र प्रभावकारी हुने सरकारको बुझाइ रहेको बताउनुभयो । “राष्ट्रियसभाको सुझावप्रति मेरो सम्मान छ, त्यसलाई ग्रहण गर्नुपर्छ भन्ने दृष्टिकोण सभासमक्ष राख्दछु,” उहाँले भन्नुभयो ।
त्यसअघि सांसद प्रेम सुवालले मुलुकको सन्तुलित विकास र जिल्लाभित्रै मात्र बसाइँसराइ हुने व्यवस्था गरिए बैङ्किङ कसूर स्वतः नियन्त्रण हुँदै जाने बताउनुभयो । सांसद सराज अहमद फारुकीले विधेयकमाथि राष्ट्रियसभाबाट प्राप्त सुझावलाई समेटेर जानुपर्नेमा जोड दिनुभयो ।

नीति तथा कार्यक्रमलाई कसरी व्यवहारमा उतार्ने? : सांसद राणा

नीति तथा कार्यक्रममा स्वर्णिम वाग्लेको प्रतिक्रियाः थाकेको अल्छि सरकारको बासी का…

नीति तथा कार्यक्रमले आशा जगाउने काम गरेनः पूर्वसभामुख सापकोटा

सरकारको नीति तथा कार्यक्रम अधिनायकवादी शैलीको : ध्रुवबहादुर प्रधान

तीन दिने भ्रमण सकेर फर्के चौथाईवाले

नीति तथा कार्यक्रममा शहरी विकास मन्त्रालयका के के विषय प्राथमितामा परे?

सामाजिक सञ्जाल प्रयोग र सञ्चालनलाई मर्यादित बनाउन प्रभावकारी नियमन गरिने

प्रतिक्रिया