बानेश्वरको झडपमा पत्रकारसहित ५० बढी शिक्षक घाइते

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षक र प्रहरीबीच काठमाडौंको नयाँ बानेश्वरमा झडप भएको छ । बिजुलीबजारबाट प्रदर्शनसहित बानेश्वर पुगेका शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको हो । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो भने प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको थियो ।
झडपका क्रममा ५० भन्दा बढि शिक्षकहरु घाइते भएको नेपाल शिक्षक महासंघले जनाएको छ । घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै आन्दोलनको समाचार संकलन गर्न बानेश्वर पुगेका पत्रकार सविना कार्की पनि घाइते हुनुभएको छ । पानीको फोहोराबाट कार्कीको आखामा गम्भीर चोट लागेको छ ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै महासंघले आइतबार २६ औं दिनपनि प्रदर्शन गरेको हो । महासंघले आफूहरुको आन्दोलनमा घुसपैठ भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ ।

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

प्रतिक्रिया