शिक्षकहरूलाई नधम्काउन शिक्षक महासंघको स्थानिय तहसँग आग्रह

शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई नेपाल शिक्षक महासंघले आग्रह गरेको छ। बिगत २६ दिन देखी विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी शिक्षकहरूलाई स्थानिय तहले बिभिन्न सूचना निकालेर काममा फर्किन निर्देशन दिन थाले पछि शिक्षक महासंघले यस्तो आग्रह गरेको हो ।
हाल सरकारसँग बार्तामा समेत रहेको शिक्षक महासंघले शनिवार विज्ञप्ति जारी गर्दै काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूलाई नधम्क्याउन आग्रह गरेको हो।
आन्दोलनमा सहभागी भएका प्रधानाध्यापक तथा कर्मचारीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेकाले त्यस्ता काम नगर्न महासंघले विज्ञप्तिमार्फत आग्रह गरेको हो।
नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँका सडकमा प्रदर्शन केन्द्रित गरिरहेको छ ।

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

१५० वटा स्कुल लिडरहरूको सहभागीतासहित नेसनल प्याब्सन काठमाडौँको एकदिने तालिम
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ : परीक्षा बोर्ड

प्रभावकारी विद्यालय व्यवस्थापनका लागि सक्षम नेतृत्व आवश्यक छ : गीता क्षेत्री राणा

प्रतिक्रिया