भारतमा थपिए ३८ हजार कोरोना सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार ७९२ जना सङ्क्रमित भएका छन् । संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो । अघिल्लो दिन ३१ हजार ४४३ जना नयाँ सङ्क्रमित थपिएका थिए ।
त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले थप ४१ हजार जना सङ्क्रमणमुक्त भएका छन् । नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या पनि कम भएको छ ।
भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख २९ हजार ९४६ रहेको अधिकारीहरुले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ६२४ जनाको मृत्यु भएको पनि मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड नौ लाख ४६ हजार ७४ पुगेको छ भने ती मध्ये तीन करोड एक लाख चार हजार ७२० जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख ११ हजार ४०८ पुगेको मन्त्रालयले जनाएको छ ।
भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४३ करोड ५९ लाख ७३ हजार ६३९ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १९ लाख १५ हजार ५०१ जनाको स्वाब परीक्षण जुलाई १३ का दिन भएको छ । त्यसैगरी भारतमा अहिलेसम्म ३८ करोड ७६ लाख ९७ हजार ९३५ ओटा कोरोनाभाइरसविरुद्धको खोप प्रयोग भएको छ । ती मध्ये ३७ लाख १४ हजार ४४१ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ । (एएनआई)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया