बनेपामा नवदुर्गा जात्रा मनाइँदै

काभ्रेपलाञ्चोक- ऐतिहासिक सहर बनेपामा नवदुर्गा जात्रा मनाइँदै छ । शुक्रबारदेखि तीन दिनसम्म मनाइने जात्रामा विशेषगरी भैरव (देवगण)को ङा–लाकेगु नाच प्रदर्शन गरिन्छ । शुक्रबार बनेपा बजारको विभिन्न मन्दिरमा पूजाअर्चना गरी जात्रा सुरू गरिएको हो ।
जात्राका क्रममा विशेषगरी साँझपख सहरका डबलीहरूमा श्वेतभैरवको ङा–लाकेगु नाच प्रदर्शन गरिन्छ । जात्रा अवधिभर स्थानीयले नवदुर्गाको पासुका (एक प्रकारको धागोको रङ्गीचङ्गी माला) र मोहनी (कालोटीका) लगाउने गर्छन् । जात्राको अन्तिम दिन देवगणले नवदुर्गाको भेषमा नाचसँगै ‘माछा मार्ने’ काम सकेर जात्रा समापन गरिन्छ ।
जात्रा–संस्कृतिअनुसार वैशाख महिनामा भक्तपुरबाट नवदुर्गाको आगमन हुने मान्यता छ । नवदुर्गाले तीन दिनसम्म विभिन्न हाउभाउका साथ ऐतिहासिक सहर बनेपाको डबलीहरुमा नृत्य देखाउने गरेका हुन् ।
नवदुर्गाको आगमन हुँदा नगरका स्थानीयले आ–आफ्ना घरबाट विशेष पूजा सामग्रीसहित पूजाअर्चना गरेका थिए । यस क्रममा श्रद्धालु भक्तजनले पञ्चबलि दिने, नवदुर्गा देवगणलाई भोजन गराउने काम हुने स्थानीय कान्छामान रञ्जितले बताए ।
बनेपा नगरपालिका–७ स्थित तीनधारा डबलीमा समापनका अवसरमा भएको नवदुर्गा जात्रामा नवदुर्गाको भेषमा देवगणहरुको नाच हेर्न स्थानीयको ठूलो भीड लाग्ने गर्दछ । जात्राका क्रममा श्वेतभैरवले मान्छेरुपी माछा (स्थानीय व्यक्ति)लाई समात्न खोज्ने र जात्रामा सरिक स्थानीय मुखमा हातले थपथपाएर आवाज निकाल्दै भाग्ने चलन रहेको छ । यसरी भागेकालाई श्वेतभैरवले पक्रन खोज्ने भएकाले देवगणद्वारा पक्रियो भने ‘अपसकुन’ हुने डरले व्यक्तिहरू भागिरहन्छन् ।
नवदुर्गा जात्रा बनेपाबाहेक काभ्रेपलाञ्चोकको पनौती, धुलिखेल, चौकोट, श्रीखण्डपुरलगायत स्थानमा पनि लाग्ने प्रचलन रहँदै आएको छ । यस्तै बनेपामा जात्रा सकिएपछि नवदुर्गा पनौती जाने मान्यता छ । रञ्जितका अनुसार नवदुर्गा जात्राको मुख्य आकर्षण ‘ङा लाकेगु’ अर्थात् माछा मार्ने जात्रा हो । माछा मार्ने जात्रा देखाउने क्रममा विभिन्न बोल, बाजागाजाको तालमा देवगणबाट नाच प्रस्तुत हुने गर्दछ ।
माछा मार्ने जात्रा सुरू हुनुअघि वरपर पैसा (दक्षिणा) माग्ने प्रचलन रहेको छ । त्यपछि ङा–लाकेगु अर्थात् माछा मार्ने जात्रा प्रारम्भ हुने गर्दछ । यो जात्रामा पहिला ‘दुम्ब’ ले ङा लाकेगुअर्थात् माछा मार्ने जात्रा गर्दछ । यो जात्रा हुँदा जात्रामा सरिक युवालगयात मान्छेलाई देवताले लखेट्ने गर्दछन् । यसरी लखेट्दा दुम्बदे समात्यो भने दशा लाग्छ भन्ने जनविश्वास पनि रआिएको छ ।

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

रुखले च्यापिएर लिम्बूको मृत्यु
कारागारभित्रै सीप सिकेर कमाउँछ कैदीबन्दीहरू

कान्तिलोकपथ सडक वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म बन्द गरिने

प्रतिक्रिया