सी र ट्रम्पबीच करका विषयमा कुराकानी
वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँग करका विषयमा कुराकानी भएको बताएका छन् ।
ट्रम्पले चिनियाँ सामानमा लगाएको नयाँ करका कारण विश्वका दुई ठूला अर्थतन्त्रबीच बढ्दो तनाबबीच यो भनाइ सार्वजनिक भएको हो । अमेरिकाले चीनबाट आयात हुने अधिकांश उत्पादनमा १४५ प्रतिशतसम्म कर लगाएको छ ।
चीनले संयुक्त राज्य अमेरिकासँग व्यापार वार्ता गरिरहेको कुरा अस्वीकार गर्दै आएको छ तर ट्रम्पले आगामी केही हप्तामा दुई देशबीच सम्झौता हुने अपेक्षा गरेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले मङ्गलबार एक पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका थिए, “उनीहरूले सहज महसुस गर्ने धेरै अवस्था रहेका छन् तर अब हामीले तिनीहरूलाई हामीबाट एक ट्रिलियन डलर कमाउन दिनेछैनौ।”
ट्रम्पले अनुचित व्यापार अभ्यासको प्रतिशोधका साथै अमेरिकी उत्पादन क्षमतालाई पुनस्र्थापित गर्ने प्रयासको रूपमा रहेको कर आक्रमणले विश्व बजारलाई त्रसित बनाएको छ र विश्वव्यापी मन्दीको डर बढाएको छ । (एएफपी)

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

प्रतिक्रिया