अन्तर्राष्ट्रिय शान्तिवक्ता भक्तपुरमा

काठमाडौँ- अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रेम रावतले भक्तपुरको सिपाडोलमा हजारौँ श्रोतालाई सम्बोधन गरेका छन् । ११ वर्षपछि शान्तिवक्ता रावतले नेपालमा यसै साता रूपन्देही र भक्तपुरमा गरी दुई वटा कार्यक्रमलाई सम्बोधन गरेका हुन् ।
वैशाख ६ गते रूपन्देहीको सैनामैनामा भएको कार्यक्रममा १ लाख बढी श्रोतालाई सम्बोधन गरे भने भक्तपुरमा भएको कार्यक्रममा उनलाई झन्डै ४० हजारले सुनेका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै प्रेम रावतले भन, "हामीले प्राप्त गरेको यो जीवन अत्यन्तै दुर्लभ छ । सत्यता के हो ? तीनओटा कुरा सबैका लागि समान छन्- पहिलो तपाईँको जन्म भएको छ, दोस्रो तपाईँ अहिले जीवित हुनुहुन्छ । तपाईँभित्र श्वास आइरहेको अनि गइरहेको छ । अनि, तेस्रो चाहिँ एक दिन तपाईँले यो संसारबाट बिदा लिनुपर्ने छ ।"
व्यक्तिले आफ्नो जीवनमा कुन कुरालाई प्राथमिकता दिनु आवश्यक छ ? जीवनमा सदैव आन्तरिक आनन्दको अनुभव गर्नु आवश्यक छ । यसका लागि आफूभित्र भएका सृष्टिकर्तालाई मान्नु नभएर चिन्नु नै आवश्यक रहेको उहाँले बताए । आत्मज्ञान प्रचार संघले यो कार्यक्रमको आयोजना गरेको हो । उपस्थित सबै सहभागीहरूले यस कार्यक्रमबाट भरपुर आनन्द लिए ।
प्रेम रावत न्युयोर्क टाइम्समा सर्वाधिक विक्री भएको पुस्तक Hear Yourself का लेखक पनि हुन् ।
प्रेम रावतले विश्व शान्तिदूतको भूमिकासँगै करोडौँ मानिसको जीवनमा सकारात्मक प्रभाव पारेका छन् । आज उनको सन्देश १ सय १० भन्दा बढी देशमा सुन्ने गरिन्छ । उनी हरेक व्यक्तिलाई आशा र शान्तिको सन्देश प्रदान गरेर आन्तरिक सुख र शान्ति सम्बन्धी व्यावहारिक मार्ग देखाउँछन् ।
उनी 'द प्रेम रावत फाउन्डेसन' (टीपीआरएफ) का संस्थापक पनि हुन् । यस संस्थाले भोजन, पानी र शान्तिजस्तो आधारभूत मानवीय आवश्यकतालाई पूरा गर्ने कार्य गर्दछ । यसको पहलस्वरूप ‘जनभोजन’ कार्यक्रममार्फत भारत, नेपाल, घाना र दक्षिण अफ्रिकामा हरेक विपन्न वर्गका बालबालिका तथा अस्वस्थ वयस्कहरूलाई समेत पौष्टिक भोजन प्रदान गर्ने गरिन्छ ।
उनको सन्देशमा आधारित 'पिस एजुकेसन कार्यक्रम' १ हजार ४ सयभन्दा बढी शैक्षिक एवम् अन्य संस्थाहरूमा देखाउने गरिन्छ । यसबाट ५ लाखभन्दा बढी मानिस लाभान्वित भएका छन् । यो कार्यक्रम १ हजारभन्दा बढी जेलमा सञ्चालन भइरहेको छ । यसको प्रभावबाट कैदीबन्दीहरूमा दोहोर्याएर अपराध गर्ने प्रवृत्ति घटेको अध्ययनले देखाएको छ ।
प्रेम रावतका कार्यलाई सरकारी, गैरसरकारी सङ्गठन, व्यापारिक संस्थानदेखि संसारका नागरिक सङ्गठनद्वारा स्वीकार गरिएको छ । उनले ब्रिटेनदेखि लिएर न्युजिल्यान्डसम्मको संसद तथा हावर्ड एवम् अक्सफोर्ड विश्वविद्यालयजस्ता प्रतिष्ठित संस्थानहरूमा सन्देश प्रस्तुत गरेका छन् । सन् २०११ मा प्रेम रावत 'युरोपियन संघ' (ईयू) को एउटा विशेष कार्यक्रममा मुख्य वक्ता हुनुहुन्थ्यो । त्यहाँ उहाँले 'शान्तिका लागि प्रतिज्ञा' (प्लेड्ज टु पिस) मा हस्ताक्षर गरेका थिए ।
सन् २०२३ मा प्रेम रावतले टीभी, पत्रपत्रिका र रेडियोसहित विभिन्न सञ्चार माध्यमका सहायताले ९१.६ करोड मानिसहरूसमक्ष यो सन्देश प्रवाह गरेका छन् । उनको 'लाइफ एसेन्सियल' नामक पोडकास्ट च्यानललाई १ सय १० भन्दा बढी देशहरूमा सुन्ने गरिन्छ । उनको 'स्वयम् की आवाज' र 'शान्ति सम्भव है' (पिस इज पोसिबल) पुस्तकलाई संसारभर मन पराइएको छ । उनी केवल वक्ता र लेखक मात्र नभएर एक आविष्कारक, सङ्गीतकार, कलाकार, फोटोग्राफर तथा हवाईजहाज र हेलिकप्टरका एक कुशल विमानचालक पनि हुनं । उनीसँग १५ हजार घण्टा उडान भरेको अनुभव छ ।

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

भोजन लिपि स्वादको 'नेपाल हाउस' मा तेस्रो संस्करणको खाना प्रदर्शन

लुइँटेल नेतृत्वमा स्कल नेपालको नयाँ कार्यसमिति चयन

काभ्रेपलाञ्चोकमा अस्थायी आवास निर्माण

यातायात व्यवसायीलाई वार्तामा आउन गण्डकी सरकारको आह्वान

बच्चा कोरल्दै आगन्तुक चरा

वरिष्ठ साहित्यकार गणेश रसिकको निधन

प्रतिक्रिया