विपन्न नागरिकलाई घर बनाउँदै भरतपुर महानगर

चितवन- भरतपुर महानगरपालिकाले विपन्नहरूका लागि घर बनाउने भएको छ । महानगरपालिकाले यस वर्षदेखि विपन्नका लागि घर बनाउने कार्यक्रम सुरु गरेको हो । सोही कार्यक्रमअन्तर्गत एक सय ३९ जना लाभग्राही छनोट गरिएको छ ।
महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार सुरक्षित घर बनाउन नसकेका नगरबासीको घर महानगरपालिकाले बनाइदिने भएको हो । गत मङ्सिर १३ गतेको कार्यपालिका बैठकबाट निर्णय गरी स्थानीय राजपत्रमा प्रकाशित गरेर कार्यक्रम सुरु गरिएको उनले जानकारी दिइन् ।
दाहालका अनुसार चालु आर्थिक वर्षमा रु एक करोड रकम विनियोजन गरिएको छ । एउटा घर बनाउन रु पाँच खर्च हुने अनुमान गरिएको छ । छनोटमा परेका लाभग्राहीको प्राथमिकताका आधारमा क्रमशः घर बनाउँदै लगिने उनले जानकारी दिइन् ।
यस कार्यक्रमअन्तर्गत महानगरभित्र रहेका विपन्न नागरिकको संरक्षण, उत्थान, सशक्तिकरण र विकास गर्न विपन्न परिवारका लागि को सुरक्षित आवास निर्माण र हस्तान्तरण गर्नेगरी कार्यक्रम कार्यान्वयनमा ल्याइएको महानगर प्रमुख दाहालले बताइन् ।
‘भरतपुर महानगर प्रमुख विपन्न आवास कार्याक्रम कार्यविधि’ बनाएर कार्यन्वयनमा ल्याएको कार्यक्रमका सदस्यसचि इञ्जिनियर साकार लामाले जानकारी दिए । उनका अनुसार कार्यक्रमअन्तर्गत लाभग्राही छनोट गरिसकिएको छ ।
वडा कार्यालयहरूबाट लाभग्राहीको लगत सङ्कलन गरी स्थलगत अनुगमनको काम सकिएको बताउँदै उनले भने, “पाँच सय भन्दा बढी “लाभग्राहीको आवेदन फारम परेको थियो । स्थलगत अनुगमन पछि एक सय ३९ जना छनोट भएका छन् ।” कार्यविधि अनुसार नौ वटा सूचकभित्र परेकाहरूको आवास निर्माण गरिने छ ।
“उक्त कार्यक्रमअन्तर्गत घरमा दुईवटा कोठा र शौचालय रहने छन् । घर टिनले छाइने छ । सेतो पूर्जा भएका, जग्गा धनी प्रमाणपूर्जा पाउन सक्ने, वडाले विवाद रहित ऐलेनी जग्गा भनी सिफारिस गरेको, वन, ताल, नदी र नहरको जग्गा अतिक्रमण नगरेका लाभग्राहीलाई कार्यक्रममा समावेश गरिएको छ”, इञ्जिनियर लामाले भने । ‘एक घर, एक परिवार’ अन्तर्गत आवास निर्माण गरिने उनले बताए । रासस

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

रुखले च्यापिएर लिम्बूको मृत्यु
कारागारभित्रै सीप सिकेर कमाउँछ कैदीबन्दीहरू

कान्तिलोकपथ सडक वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म बन्द गरिने

प्रतिक्रिया