कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

मुस्ताङ- जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयको आयोजनामा पुरुष कैदीबन्दीहरुको सीप क्षमता विकास, आयआर्जन, व्यवसायिक तथा आत्मनिर्भर बनाउने उद्देश्यले बिहीबारदेखि एक महिनाको सिलाइकटाइ तालिम सञ्चालन गरिएको हो ।
पर्यटन तथा उद्योग कार्यालयको आार्थिक सहयोग तथा कारागार शाखाको व्यवस्थापनमा १० पुरुष कैदीबन्दीलाई तालिम दिइने कारागार शाखा मुस्ताङका निमित्त प्रमुख लालबाबु सहनीले जानकारी दिए । कारागारभित्र कुल १२ कैदीबन्दी रहेकामा दुई जना कैदीबन्दी वृद्ध भएका कारण तालिममा सहभागी हुन नसकेको निमित्त प्र्रमुख सहनीले बताए ।
कैदीबन्दीलाई तालिम दिन एक प्रशिक्षकसहित सिलाईकटाइसम्बन्धी सामग्री कार्यालयले उपलब्ध गराएको पर्यटन तथा उद्योग कार्यालय प्रमुख प्रेम पौडेलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले संयुक्त रुपमा तालिमको आज उद्घाटन गरे ।

आकर्षणको केन्द्र बन्दै छहरे झरना

बारपाकको दलितबस्ती : बत्तीमुनिको अँध्यारो

सोह्रौँ शताब्दीदेखिको इतिहासको साक्षी लमजुुङ दरबार

कृषिमा जोडियो माओवादी, तनहुँमा ५० रोपनीमा अदुवा खेती
म्याग्दीमा पशुपालन गर्ने घट्दै

वैकल्पिक सडक स्तरोन्नति गरिँदै

डढेलोबारे अझै छैनन् सचेत

प्रतिक्रिया