तीन हजार १६७ कोभिड संक्रमित, काठमाडौंमा एक हजार ४५१ थपिए

काठमाडौं : काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जना नयाँ कोभिड-१९ संक्रमित थपिएका छन् ।
उपत्यकामा १ हजार ७ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा १ हजार ४ सय ५१ भक्तपुर १ सय ४३ मा र ललितपुरमा १ सय ५२ जना नयाँ संक्रमित रहेका छन् ।
नेपालमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । जसमध्य ३८ हजार ७ सय ३७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । अहिले संस्थागत आइसोलेसनमा १३ हजार २ सय ९९ जना र होम आइसोलेसनमा २५ हजार ४ सय ३८ जना कोभिड संक्रमित बसिरहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा मात्र १ हजार ८ सय जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८९ हजार ८ सय ४० संक्रमितमुक्त भएको प्रवक्ता गौतमले जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२ जना कोभिड संक्रमितको मृत्यु भएको छ । योसँगै कोभिडबाट मृत्यु हुनेहरुको संख्या ७ सय २७ पुगेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया