अस्पतालमा आकष्मिकबाहेक सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

काठमाडौँ- नेपाल चिकित्सक संघले भोलिबाट सम्पूर्ण निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।
बिहीबार विज्ञप्ति जारी गरेर संघले आकस्मिक तथा सघन उपचार सेवा जस्ता अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरूमा वैशाख १२ गतेदेखि सहभागी नहुन आह्वान समेत गरेको छ ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले आवासीय चिकित्सकहरूले हालसम्म पनि आफ्नो निर्वाह भत्ता नपाएको र ठाउँ ठाउँबाट धम्की आएको’ भन्दै आन्दोलनलाई जारी राख्ने बताएका छन् ।
विज्ञप्तिमा उपत्यका भित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू बिहान ११ बजे माईतीघर मण्डलामा भेला भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र उपत्यका बाहिर जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने निर्णय भएको उल्लेख गरिएको छ ।
पछिल्लो दुई सातादेखि निर्वाह भत्ता नदिने निजी कलेज सञ्चालकहरुको अटेरीविरुद्ध पोस्ट ग्रेजुएट (पीजी) तहका आवासीय चिकित्सहरूले प्रदर्शन गर्दै आएका छन् ।

'कुलिङ पिरियड' प्रकरण कमजोरी होइन, सुनियोजित अपराध हो : नारायणकाजी

वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब

यस्तो हुनेछ आज दिनभरको मौसम

कात्तिक १७ गते उपनिर्वाचन

वर्षा कम हुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
आजको सम्भावित मौसमः देशभर पानी पर्ने

आज कुन-कुन प्रदेशमा वर्षा हुँदैछ ?

प्रतिक्रिया