प्रधानमन्त्रीले लिए सीसीएमसीसँग कोभिड रोकथाम र नियन्त्रणबारे जानकारी

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ को उपचार, रोकथाम र व्यवस्थापनबारे भइरहेका कामका सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग जानकारी लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा छलफल गरेको देउवाले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
उनले सीसीएमसीका पदाधिकारीलाई उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएको जनाएका छन् ।
'आज कोभिड-१९ को उपचार, रोकथाम र व्यवस्थापनका बारेमा हालसम्म भएका काम-कारबाहीका विषयमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग जानकारी लिएको छु,' देउवाले फेसबुकमा लेखेका छन्, 'कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन गरेको छु।'

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया