पहिरोले मकालु र भोटखोलामा सडक अवरुद्ध

संखुवासभा- उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत संखुवासभाको मकाल र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले मकालु गाउँपालिका–३ धर्मद्धारस्थित खाँदबारी–किमाथाङ्का खण्ड अवरुद्ध भएको हो ।
बुधबार रातिको वर्षासँगै आएको पहिरो खाँदबारी–किमाथाङ्का खण्डअन्तर्गत मकालु–३ क्षेत्रको सडक बगाएपछि आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध हुँदा मकालु–३ र ४ तथा भोटखोला गाउँपालिका जाने सवारीसधान सञ्चालन हुन सकेका छैनन् ।
माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भएको उत्तर–दक्षिण कोशी सडक आयोजना कार्यालयले जनाएको छ । अहिले सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै सञ्चालन भइरहेका छन् ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया