भिक्षुले फोटोमा झल्काएका मुस्ताङको संस्कृति

काठमाडौँ- ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र मुस्ताङको कागबेनी क्षेत्र र त्यहाँको गुम्बा संस्कृति झल्कने एकल फोटो प्रदर्शनी आयोजना गरिएको छ । फोटो पत्रकार कर्चुङ गुरुण (टासी) ले लाजिम्पाटमा बुधबारदेखि तस्बिर प्रदर्शनी सुरु गरेका हुन् । कागबेनीस्थित ६ सय वर्ष पुरानो ‘काग छोदे गुम्बा’ को विभिन्न पक्षलाई र मुस्ताङ क्षेत्रका तस्बिरहरू यहाँ प्रदर्शन गरिएका छन् ।
भिक्षु बनेपछि टासीले फोटोग्राफी सुरु गरेका हुन् । उक्त क्षेत्रको नयाँ वृत्तचित्र निर्माणका क्रममा टासीले विभिन्न मुभमेन्टको फोटो खिचेका छन् । भिछु जीवनको आनन्दसँग फोटोग्राफीको कला प्रस्तुत गरिएको छ ।
पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा एकैस्थलका १० वटा फोटो प्रदर्शनीमा राखिएका छन् । गुम्बाका शिक्षकसमेत रहेका टासीले आफू हुर्केको र शिक्षा लिएको विभिन्न क्षणलाई तस्बिरमार्फत उजागर गरेको बताए । भिक्षु लामाहरूलाई फोटोग्राफीप्रति प्रेरित गर्न फोटो प्रदर्शनी गरिएको उनको भनाई छ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया