कोशी प्रदेशमा माओवादीको जनसंगीत अभियान

कटारी (उदयपुर)- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले कोशी प्रदेशस्तरीय जनसङ्गीत अभियान २०८२ को सुरु गरेको छ । बुधबार उदयपुरको कटारीबाट केन्द्रले अभियान सुरु गरेको हो ।
पार्टी प्रदेश कमिटीको आयोजनामा सुरु भएको अभियान शुभारम्भ गर्दै पार्टीका केन्द्रीय उपमहासचिव तथा पूर्वकृषिमन्त्री हरिबोल गजुरेलले जनसङ्गीतको माध्यमबाट पार्टी र परिवर्तनको सन्देश फैलाउन अभियान फलदायी हुने बताए । उनले पार्टीको तराई, मधेस जागरण अभियानसमेत जारी रहेको बताए ।
“हाल पुरातन शक्तिहरू फेरि पुरानै व्यवस्थामा फर्काउनका लागि भनेर विभिन्न हर्कत गरिरहेका छन् । उनीहरूलाई यो व्यवस्था नपचेर हिजोकै अवस्था र व्यवस्था चाहिएको छ । त्यसविरुद्ध हामी सचेत छौँ”, उपमहासचिव गजुरेलले भने, “उत्तर आधुनिकतावाद र सामन्तवादी संस्कृति रोक्नका लागि हामीले अभियान चलाएका छौँ । माओवादीले आदिवासी जनजाति, मधेसी, दलित सबैको अधिकारका लागि अभियान चलाइरहेको छ ।”
कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको प्रदेशस्तरीय समितिले गायन, नृत्य, नाटकलगायत प्रस्तुति दिएका छन् । यो अभियान अवधिभर जारी रहने छ । ‘अबको बाटो’ शीर्षकको नाटकमार्फत देशमा राजा हुँदाका अप्ठ्यारा र गणतन्त्रमा भएका उपलब्धिबारे अभिनयको माध्यमबाट चेतना फैलाउने काम भइरहेको छ ।
अभियान क्रमशः मदन भण्डारी राजमार्ग केन्द्रित हुँदै यही वैशाख १८ गते (मे १ तारिख) मा अन्तरराष्ट्रिय श्रमिक दिवशका दिन झापाको बाहुनडाँगीमा अभियानको समापन गरिने माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङ (मिक्सो)ले जानकारी दिए ।
अभियानको उद्घाटनमा माओवादी केन्द्रका कटारी नगर कमिटी अध्यक्ष कमल श्रेष्ठले अभियानको स्वागत गर्दै कटारीबाट यो अभियान सुरु हुनु महत्वपूर्ण रहेको बताएका थिए ।

संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाह प्रधानमन्त्री सिंहको जोड

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

प्रतिक्रिया