बालाजु अटो वर्क्सले रौतहटमा गर्यो महिन्द्राको नयाँ आधिकारिक सेवा केन्द्र उद्घाटन

काठमाडौं- नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप-बालाजु अटो वर्कसले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति रौतहटमा नयाँ २ एस सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।
उद्घाटन समारोह यही बुधबार, २०८२ वैशाख १० गतेका दिन गरिमा मोटर्सको वर्कसपमा मधेश प्रदेशका पूर्व उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री समीर भट्टराई, महिन्द्रा एण्ड महिन्द्राका तर्फबाट अटो डीभिजनको सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धर, बालाजु अटो वर्कसका सर्भिस हेड शिव सुदन श्रेष्ठ, गरिमा मोटर्सका प्रबन्ध निर्देशक कुन्दन चौधरीद्वारा महिन्द्रा एण्ड महिन्द्रा तथा अग्नि ग्रुपका प्रतिनिधिहरुका साथसाथै अन्य माननीय अतिथिहरुको उपस्थितिमा सामूहिक रुपमा गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै बालाजु अटो वर्कसका सर्भिस हेड शिव सुदन श्रेष्ठले भने, ‘महिन्द्राको आधिकारिक सेवा केन्द्र मधेश प्रदेश, रौतहटमा विस्तार गरिरहँदा हामी निकै उत्साहित छौं । हामीले दक्ष प्राविधिकहरू तथा उच्चस्तरीय उपकरणसहित महिन्द्राको आधिकारिक सेवा सुविधालाई क्षेत्रीयस्तरमा विस्तार गर्ने लक्ष्य बोकेका छौं। यो उद्घाटन समारोह हाम्रो यही लक्ष्यतर्फ यात्राको महत्त्वपूर्ण पाइला हो । हामीलाई यो विश्वास छ कि हाम्रा क्षेत्रीय ग्राहकहरूले महिन्द्राको आधिकारिक र उच्चस्तरीय सेवा तथा सुविधा सहजै पाउने छन् जसले महिन्द्रा गाडीको स्वामित्व अनुभव अझ परिस्कृत हुनेछ ।’
यो नयाँ सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य रौतहट वरपर बसोबास गर्ने ग्राहकहरूलाई सुविधाजनक पहुँच र समयमै सहयोग सुनिश्चित गर्नु हो । बालाजु अटो वर्क्सले नयाँ २ एस सर्भिस सेन्टरमा गुणस्तरीय सेवाको अनुभव गर्न सबै ग्राहकहरूलाई स्वागत गर्दछ ।
अग्नी ग्रुपले हाल नेपाल अधिराज्यभरि रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिईरहेको छ । उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ अग्नी ग्रुप बालाजु अटो वर्कसले आफ्ना सेवाहरु यसरी नै नेपाल अधिराज्यभरि विस्तार गर्ने लक्ष्य पनि लिएको छ ।
साथै, ग्राहकहरुले सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्रि नम्बरहरुः १८१०५०००२५५ (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा सम्पर्क गर्न सक्ने छन् ।

एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारले ग…

नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा उमाकान्त शर्मा, निर्वाचित हुने अन्य पद…

भेडेटारको स्काइवाक पुगेर मुख्यमन्त्री कँडेलले गरे कर्णालीको पर्यटनमा लगानी गर्न…

संघीय सरकारले जिडिपीको ५ प्रतिशतभन्दा बढी आन्तरिक ऋण लिन नपाउने

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

स्पार्क कारको आयोजनामा तेस्रो स्पार्क एड्भेञ्चर, सोलुखुम्बुको गौरीटापमा ‘गेट वे …

प्रतिक्रिया