राष्ट्रपति कार्यालयले गरायो मन्त्रीपरिषद हेरफेरको जानकारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेर गरेका छन्। यस अघि २५ सदस्यीय रहेको मन्त्रिपरिषद अब २४ सदस्यीय भएको छ। राष्ट्रपतिको कार्यालयको पत्र अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन्।
यसअघि नेकपा एमालेकै विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि पन्त शिक्षा मन्त्री नियुक्त भएका हुन् । उनको शपथग्रहण भोलि बिहीबार हुँदैछ । उनी परराष्ट्र मन्त्री आरजु राणा पछि आठौं बरियताक्रममा समावेश भएका छन् ।
यस्तै, प्रधानमन्त्री ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन्। राष्ट्रपति कार्यालयको पत्रमा उनको नाम उल्लेख छैन ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया