बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको चौथो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ। बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ अंकले घटेर २६५५.८४ बिन्दुमा झरेर रोकिएको छ ।

जसअनुसार आज ३०८ कम्पनीका १ करोड ८४ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । जसबाट  ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ । बुधवार २८ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएता पनि २१७ कम्पनीको मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ ।