‘तरहरा राष्ट्रव्यापी कविता प्रतियोगिता’ मा १० कविको कविता छनौट

काठमाडौँ- इटहरीमा हुने ‘तरहरा राष्ट्रव्यापी कविता प्रतियोगिता’ मा १० वटा कविता छनौट भएको छ । इटहरी उपमहानगरपालिकाको २० तरहरामा रहेको श्री जनसहयोग माध्यमिक विद्यालयको २०५० समूहका विद्यार्थीले कवि नारायणप्रसाद पौडेलको स्मृतिमा उक्त प्रतियोगिताको आयोजना गरेको कविता प्रतियोगितामा ४०६ सय कवितामध्येबाट १० उत्कृष्ट छनौट भएको हो ।
आगामी शुक्रबार विजेताको घोषणा गरिने भएकाले कवि स्वयम उपस्थित हुनुपर्ने आयोजकले जानकारी दिएका छन् । छनौटमा परेका १० जना कवि उपस्थित भएर वाचन गर्नुपर्ने आयोजकले उल्लेख गरेका छन् । मुलुकभरका विभिन्न कविले ४ सय ६ कविता पठाएका थिए । सोही मध्येबाट छनौट समितिले १० वटा कविता छनौट गरेका हुन् ।
रोमा लम्साल नुराको ‘मानिसलाई रुखको अन्तिम प्रश्न’, एलिसा एकलास रसुवा ‘पृथ्वीको अन्तिम रुख’, शुभचन्द्र राई खोटाङ ‘आशा’, निशान निष्कर्ष गोरखा प्रकृतिको व्यामशालामा आमा, सुन्दर शिरीष सिन्धुपाल्चोक’ अनि खतरा बन्छ अक्षर’, डा. स्मिता श्रेष्ठ ‘ईश्वरलाई अपिल’, सुबास राई बाङदेल इलाम ‘ईश्वर भेटिएको वक्तव्य’, अविनाश भट्टराई सिरहा ‘ झ्यालको सौन्दर्यशास्त्र’, दीपिन सिजापती दैलेख ‘संघर्ष र संकल्प’ र अनिल सुवेदी धनकुटा ‘भगवानको म्याराथुन’
मुलुकभरका विभिन्न कविले ४ सय ६ कविता पठाएका थिए । छनौट समितिले १० वटा कविता छनौट गरेको छ ।
समूहको घोषणाअनुसार प्रतियोगितामा प्रथम हुने कविताले प्रमाणपत्रसहित ५१ हजार एक सय राशि पुरस्कार स्वरूप प्राप्त गर्नेछ । त्यस्तै, द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार स्वरूप प्रमाणपत्रसहित क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार एक सय (दुई जना) लाई प्रदान गरिने छ ।
त्यस्तै, उत्कृष्ट दशमा रहने अन्य पाँच जनालाई प्रमाणपत्रसहित जनही ५ हजार एक सय प्रदान गरिनेछ ।

हेराफेरीः३ मा अब परेश रावल नहुने

रश्मिकाको अर्काे फिल्मले रिलिज अघि नै कमायो करोडौं

सलमानको ‘कालो हरिण शिकार’ को सुनवाई जुलाई २८ मा, ५ बर्ष जेल जालान त ?

‘ऊनको स्वीटर’ले अन्तर्राष्ट्रिय बजार तताउँदै : अमेरिका, अस्ट्रेलिया, जापान, कोर…

गीतकार शिवाकोटीको नयाँ गीत ‘के लाई हतार’ सार्वजनिक

पिके र थ्रि इडियटपछि हिरानी र आमिरबीच तेस्रो सहकार्य हुने

प्रथम नेपाल तारा युकेको सांगीतिक यात्रामा

प्रतिक्रिया