कारले स्कुटर र इलेक्ट्रिक स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते

रत्ननगर नगरपालिका–१, निपनी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा कारले स्कुटर र इलेक्ट्रिक स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्।
टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ग ३ च ४९४९ नम्बरको कारले सोही दिशातर्फ गइरहेको ना ४३ प ७०६८ नम्बरको स्कुटर र एक इलेक्ट्रिक स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक रत्ननगर–७ का ५५ वर्षीय झौरा महतो, पछाडि सवार ४९ वर्षीया पवि महतो र इलेक्ट्रिक स्कुटर चालक खैरहनी–१ की ३० वर्षीया नवीना महतो घाइते भएका छन्। उनीहरूको बकुलहर रत्ननगर अस्पताल, टाँडीमा उपचार भइरहेको छ।
प्रहरीले कार चालक तनहुँ भिमाद–७ का २९ वर्षीय सुजन अर्याल र तीनै वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया