२४ घण्टामा चाबी लिएर काठमाडौँ आउन विद्यालय कर्मचारीलाई निर्देशन

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्ले चाबी लिएर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन दिएको छ । अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज एक विज्ञप्ति जारी गर्दै परिषद्ले २४ घण्टाभित्र काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन अल्टिमेटमसेत दिएको हो ।
'विद्यालय कर्मचारीलाई विद्यार्थी भर्ना, नजिता प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आएको' भन्दै परिषद्ले चाबी लिएरै काठमाडौंमा जारी आन्दोलनमा अनिवार्य सहभागी हुन भनेको छ । शैक्षिक हडताल भइरहेको यो परिस्थितिमा समग्र शिक्षा क्षेत्रको अग्रगामी परिवर्तनका लागि र कर्मचारीको हकअधिकार स्थापित गर्ने परिवर्तनकामी यात्रामा छुटने अधिकार कसैलाई नरहेको पनि उल्लेख छ ।
परिषद्ले ७ वटै प्रदेश कार्यसमिति, ७७ वटै जिल्ला कार्यसमिति र ७५३ वटै स्थानीय कार्यसमितिलाई पत्राचार गरेको छ ।

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

१५० वटा स्कुल लिडरहरूको सहभागीतासहित नेसनल प्याब्सन काठमाडौँको एकदिने तालिम
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ : परीक्षा बोर्ड

प्रभावकारी विद्यालय व्यवस्थापनका लागि सक्षम नेतृत्व आवश्यक छ : गीता क्षेत्री राणा

प्रतिक्रिया