किसानलाई ५३२ घार मौरी वितरण

बरहथवा- यहाँका व्यावसायिक मौरीपालक किसानलाई मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच जिल्लाका २८ मौरीपालक व्यावसायिक किसानलाई मौरीको घार वितरण गरिएको हो ।
नेपाल मौरीपालक किसान महासङ्घ सर्लाहीको सहकार्यमा मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको उपआयोजना कार्यान्वयन समितिका अध्यक्ष रवि कडरियाले बताए । उनका अनुसार मौरीपालक किसानको व्यावसायिक विकासका लागि ग्रामीण उद्यम तथा विकास आयोजना बर्दिवासको रिड परियोजनाले अनुदानमा विभिन्न सामग्री उपलब्ध गराएको हो ।
प्राप्त सामग्री औपचारिक कार्यक्रमकाबीच किसानलाई वितरण गरिएको महासङ्घका अध्यक्ष डम्बरदेव पाण्डेले बताए । उनका अनुसार जिल्लाको चुरे क्षेत्रअन्तर्गत लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाका गरी २८ जना किसानलाई परियोजनाले समेटेको छ ।
छयालिस प्रतिशत अनुदानमा प्रतिकिसान १९ घार, १९ स्टैण्ड, १९ फिल्टर, एउटा टोपी, १९ किलो आधार चाका र एक जोडी पञ्जा वितरण गरिएको पाण्डेले जानकारी दिनुभयो । किसान हेमराज देवकोटाले २८ किसानका लागि सामूहिक आधार चाका निर्माणका लागि एक थान मेसिनसमेत प्राप्त भएको मौरीपालक बताए ।
किसानको वृत्तिविकासका लागि परियोजनाले पहिलो चरणमा पाँच सय ३२ वटा मौरीको घार वितरण गरेको अध्यक्ष पाण्डेले बताए । उक्त सामग्री हरिवन नगरपालिकाकी प्रमुख हरिमाया घलानले किसानलाई वितरण गरेका हुन् । यस कार्यक्रमले किसानको दिगो विकासमा टेवा पु¥याउने उनको भनाइ छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री

प्रतिक्रिया