गण्डकी प्रदेशमा आयोजना बैंक सञ्चालन

गण्डकी- गण्डकी प्रदेश नीति तथा योजना आयोगले आयोजना बैंक सञ्चालनमा ल्याएको छ । योजना छनोट र कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आयोजना बैंक सञ्चालनमा ल्याइएको हो । आज एक कार्यक्रमका बीच यस कार्यको शुभारम्भ गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोजना बैंकमा प्रविष्ट हुने योजनाको प्राथमिकता निर्धारण र कार्यान्वयनमा सहज हुने विश्वास व्यक्त गरे।
प्रदेश सरकार मातहतका मन्त्रालय र कार्यालयले योजना प्रविष्ट गर्ने र प्राथमिकताका आधारमा प्रदेश सरकारले कार्यान्वयन गर्न सहज हुने गरी योजना बैंक सञ्चालनमा ल्याइएको आयोगले जनाएको छ ।
आजै भएको प्रदेश र स्थानीय तहबीच योजना साझेदारी विषयक कार्यक्रममा मुख्यमन्त्री पाण्डेले स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा आगामी वर्ष सञ्चालन गर्न सकिने कार्यक्रमबारे जानकारी लिएका थिए । कृषि र पर्यटन केन्द्रित साझेदारी कार्यक्रममार्फत ग्रामीण अर्थतन्त्र उकास्न, रोजगारी सिर्जना र युवा पलायन रोक्ने गरी भूमिका खेल्न उनले सबैलाई आग्रह गरे।
लागत साझेदारीमा प्रतिफल देखिने खालको योजना बनाउन अनुरोध गर्दै मुख्यमन्त्री पाण्डेले आगामी वर्ष नमुना कार्यक्रमको रूपमा केही योजना सञ्चालन गरिने बताएका छन् ।

जनता जागरुक र सचेत हुनुपर्छः मुख्यमन्त्री कँडेल

भक्तपुर नगरपालिकाको दुई अर्ब ४७ करोडको बजेट सार्वजनिक

१० महिनामा प्रदेश सरकारहरूले खर्च गरे १ खर्ब १७ करोड

योजना अनियमितता छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

लगातार अनुपस्थित भएपछि प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

सुदूरपश्चिम प्रदेश सरकारले भूमिसम्बन्धी नीति ल्याउने

प्रतिक्रिया