नयाँ वर्षमा रियलमी र एनसेलको सहकार्य : रियलमी सी ७५ किन्दा डाटा र निःशुल्क टक टाइम

काठमाडौं- सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले एनसेलसँग मिलेर “न्यु यियर, न्यु मी विद एनसेल एण्ड रियलमी” नामक विशेष योजना सार्वजनिक गरेको छ । टेक्नोलोजी र कनेक्टिभिटीको राम्रो मिलन गराउने उद्देश्यसहित ल्याइएको यो अफर नेपाली ग्राहकको नयाँ वर्षलाई झनै रमाइलो बनाउँदै निकै उपयोगी बन्न सक्छ ।
यस योजना अन्तर्गत प्रयोगकर्ताले एनसेलको ७ दिनको अनलिमिटेड डाटा भौचरसँगै ५० मिनेटको टक टाइम पनि निःशुल्क प्राप्त गर्नेछन्। फोर जी र भोल्टेको सुविधा उपयोग गर्न चाहनेहरूका लागि यो एक उपयुक्त सुरुवात हो।
नयाँ रियलमी सी७५ दुई वटा स्टोरेज भेरिएन्टमा उपलब्ध छ — ८१२८ जिबिको लागि मूल्य रु.२६,९९९ र ८२५६ जिबिको लागि रु.२९,९९९ रहेको छ । फोनमा ६००० एमएएचको शक्तिशाली ब्याट्री भएकोले दिनभरि आरामसँग चलाउन सकिन्छ । साथै, आइपी ६९ धुलो र पानी प्रतिरोधी भएकाले फोन पानी, धुलो र झट्काबाट सुरक्षित हुन्छ — वाटर प्रुफ, वोरी प्रुफ र ड्रप प्रुफ भनेर ल्याइएको यो फोन वास्तवमै एक उपयुक्त रोजाइ हो ।

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

प्रतिक्रिया