एमएडब्लू वृद्धिले निर्माण गर्यो नेपालभर १ सयभन्दा बढी स्थानमा चार्जिङ स्टेसन

एमएडब्लू वृद्धिले नेपालभर १ सयभन्दा बढी स्थानमा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको अवसरमा केक काटेर विशेष कार्यक्रमको आयोजना गर्यो । १ सय प्लस चार्जिङ स्टेसनको कोसेढुंगा पार गरेको उपलक्ष्यमा आयोजना गरिएको विशेष कार्यक्रममा ईभी उद्योगका प्रमुख व्यक्तिहरू, मूल्यवान् साझेदारहरू र ईभी प्रयोगकर्ताहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा एमएडब्लू वृद्धिका सम्मानित सहभागीहरू, एमएडब्लू वृद्धिका एमडी विवेक सिकारिया, एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ता, एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्त र एमएडब्लू वृद्धि अटोकर्पका सीईओ रूपेश शर्मा भट्टलगायत अन्य व्यक्तिहरूको उपस्थित थियो ।
एमएडब्लू वृद्धि नयाँ नेटवर्क सीसीएस२ टाइप डीसी फास्ट चार्ज गर्न सकिने चार्जिङ स्टेसनहरू काठमाडौं, पोखरा, विराटनगर र चितवनजस्ता राजधानी शहरहरूदेखि मुस्ताङ, डोटी, सुर्खेत, टीकापुर र डडेल्धुराजस्ता विकट क्षेत्रहरूमा समेत सञ्चालनमा आउनुले ईभी प्रयोगकर्ताहरूलाई सहज हुनेमा कम्पनी विश्वस्त छ । नेटवर्कमा ४० किलोवाट (१गन) र ६० किलोवाट (२गन्स) दुवै चार्जरहरू छन्, जसले गर्दा यात्रामा गति र आराम प्रदान गर्ने बताइएको छ ।
कार्यक्रममा एमएडब्लू वृद्धि कमर्सियलका सीईओ गुप्ताले भने, 'यो केवल नम्बर होइन, यसले नेपालको हरित भविष्यप्रतिको हाम्रो प्रतिबद्धतालाई पनि प्रस्ट्याएको छ । हाम्रो निरन्तर बढ्दो नेटवर्कद्वारा हामी नेपालीहरूलाई विश्वासका साथ विद्युतीय गतिशीलतामा जान सक्षम बनाउँछौँ र हामी भर्खरै सुरु गर्दै छौँ ।'
एमएडब्लू वृद्धिले भविष्यमा नेपालभरि आफ्ना ईभी चार्जिङ नेटवर्क विस्तार गर्ने अभियानलाई रन्तरता दिने बताएको छ । यो उपलब्धिले पूर्वाधार सुधार गर्न र देशभर विद्युतीय सवारीसाधनको स्वामित्वमा राम्रो पहुँच सुनिश्चित गर्न सघाउ पुग्ने कम्पनीको भनाइ छ ।

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

प्रतिक्रिया