टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी, जगदम्बा मोटर्सले नयाँ वर्षलाई लक्षित गर्दै टीभीएस ‘एक्सचेन्ज मेनिया’ सञ्चालन गर्न लागेको छ । नयाँ वर्षको सुरुवातसँगै आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ सवारी खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै कम्पनीले उक्त कार्यक्रम ल्याउन लागेको हो ।
काठमाडौंको बसुन्धरा, एक्टिभ कलेज नजिकै आयोजना हुने यो ‘एक्सचेन्ज मेनिया’ वैशाख १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा जुनसुकै ब्रान्डका मोटरसाइकल वा स्कुटर–गुड्ने होस वा नगुड्ने–टीभीएसले उचित मूल्याङ्कन गर्नेछ ।
बाइटः
कम्पनीका अनुसार, पुरानो गाडीमा १ लाख रुपैयाँसम्मको भ्यालु एडिसन, जस्तोसुकै कन्डिसनको बाइक तथा स्कुटरमा ३० हजार रुपैयाँसम्मको न्यूनतम मूल्याङ्कन, साथै थप छुट र विशेष अफरहरू उपलब्ध गराइनेछ । विशेष मोडलहरुमा ० प्रतिशत व्याजदरमा फाइनान्सको समेत सुविधा रहेको जगदम्बा मोर्टसले जनाएको छ ।
कार्यक्रममा सहभागी हुने ग्राहकहरूले १ लाख रुपैयाँसम्मको छुट, १८ महिनासम्म ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, र फ्रि एक्सेसरिज अन्तर्गत हेल्मेट, ब्याग, बाइक कभर लगायतका सुविधा पाउनेछन् । त्यसैगरी, टीभीएसले आफ्ना सवारीहरूमा लाइफ टाइम वारेन्टीको व्यवस्था समेत गरेको छ ।

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

प्रतिक्रिया