खेलकुदमार्फत खेल पर्यटनको विकास गर्न सकिन्छः सभामुख घिमिरे

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले साहसिक खेलकुदमार्फत खेल पर्यटनको बिकास गर्न सकिने बताएका छन् ।
सोमबार काठमाडौंमा मदन भण्डारी आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगिता उद्घाटन गर्दै सभामुख घिमिरेले नेपालको भौगोलिक अवस्थामा साहसिक खेलकुदको प्रचुर सम्भावना रहेकाले यसमार्फत खेल पर्यटनको बिकास गर्न सकिने र राष्ट्रले आयआर्जन समेत गर्न सकिने बताएका हुन् ।
उनले खेल क्षेत्रको विकासका लागि सरकारले धेरै प्रयास गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको धारणा राखे । खेलले राष्ट्रियता बलियो बनाउने र देशको नाम विश्वसामु चिनाउने भएकाले यस क्षेत्रको बिकास लागि सबै लाग्नुपर्ने उनले बताए ।
मदन भण्डारी स्पोट्स् एकेडेमीले विभिन्न १८ खेलको राष्ट्रव्यापी प्रतियोगिता आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गरेको हो ।

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

प्रतिक्रिया