स्वाभिमान लघुवित्त वित्तीयको वैशाख १९ गते वार्षिक साधारण सभा

काठमाडौँ- स्वाभिमान लघुवित्त वित्तीय संस्थाको वैशाख १९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले सभामा गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । साथै, बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेको छ ।
यस्तै, कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफानोक्सान, नगद प्रवाहलगायत वित्तीय विवरणहरुमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीले सभा प्रयोजनका लागि वैशाख ११ गते बुक क्लोज हुने जानकारी गराएको छ ।
तसर्थ, वैशाख १० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा स्वाभिमानको केन्द्रीय कार्यालय तिलोत्तमा ५, रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य: उर्जा मन्त्री खडका

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया