प्रहरीकै परीक्षामा ६ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ- प्रहरी जवानका लागि लिइएको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मध्येबानेश्वरस्थित रत्नराज्य माविबाट ती परीक्षार्थी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा दोलखा, जिरी नपा- ९ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २३ का मोहन सुनुवार, कालिकोट, शुभकालिका गापा- ७ घर भई लैनचौर बस्ने अन्दाजी वर्ष २४ का गोपाल शाही, सुर्खेत, वीरेन्द्रनगर न.पा वडा नं ५ घर भई हाल का.जि माछापोखरी बस्ने अ. वर्ष २२ को मनोज शर्मा, दैलेख, भैरवी गापा- ५ घर भई बानेश्वर बस्मे अन्दाजी वर्ष २२ का आकाश खड्का, सुर्खेत, वीरेन्द्रनगर नपा- ११ घर भई माछापोखरी बस्ने अन्दाजी वर्ष २० का उमेश शर्मा र जुम्ला, तिला गापा- २ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २२ मा मीन रावल छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालद्वारा प्रकाशित विज्ञापनअनुसार सञ्चालित उक्त परीक्षा उनीहरू सामेल थिए ।

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया