२९०५ मा संक्रमण पुष्टि, १८ को मृत्यु

काठमाडौँ : बुधबार मुलुकभर थप २९०५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । मुलुकभर गरिएको ८ हजार एक सय आठ पीसीआर परीक्षणमा दुई हजार १० जना र ४९१६ एन्टिजेन परीक्षणका क्रममा ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालका कोभिड संक्रमितको संख्या ७ लाख ६ हजार ७६१ पुगेको छ ।
त्यस्तै कोभिडका कारण थप १८ को मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिडका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय ३० पुगेको छ ।
त्यस्तै थप १६०६ जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ६ लाख २४ हजार ७११ जना कोभिडमुक्त भएका छन् ।
हाल २६ हजार ६४७ सक्रिय संक्रमित आइसोलेसन र २९३ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा ३४ लाख ३८ हजार ३३० वटा पीसीआर र २ लाख ४७ हजार ५४२ एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया