आमिर खानको ‘सितारा जमीं पर’ मा छन् १० प्रमुख कलाकार

मुम्बई- आमिर खान आफ्नो आगामी फिल्म ‘सितारा जमीं पर’लाई लिएर लामो समयदेखि चर्चामा रहेका छन् ।
तर, केही समयअघि फिल्मसँग सम्बन्धित एउटा स्पेशल अपडेट आएको थियो, जसमा फिल्मको रिलिज मिति तोकिएको थियो। अहिलेको कुरा गर्ने हो भने, आमिरले पहिलो पटक फिल्मसँग सम्बन्धित पात्रको बारेमा कुरा गरेका छन् । चलचित्रमा १ वा २ नभई १०–१० जना मुख्य पात्र रहेको खुलेको छ।
सन् २००७ मा आमिर खानको फिल्म ‘तारे जमीं पर’ रिलिज भएको थियो, जसलाई मानिसहरुले निकै मन पराएका थिए । यही कारणले गर्दा यो फिल्मको घोषणा भएदेखि नै यो फिल्मलाई लिएर दर्शकमा निकै नै उत्साह रहेको छ ।
हालै बलिउड हंगामासँगको कुराकानीमा अभिनेताले फिल्मका पात्रहरुको बारेमा कुरा गरेका थिए । ‘सितारे जमीं पर’ का मुख्य पात्रमध्ये कसैलाई डाउन सिन्ड्रोम र कोही अटिस्टिक भएको अभिनेताले खुलासा गरेका छन्।
चलचित्रमा अधिकांश मुख्य पात्र अपाङ्गता भएका व्यक्तिले खेलेको अभिनेताले बताएका छन् । आमिर खानलाई उद्योगको ‘मिस्टर परफेक्शनिस्ट’ भनिन्छ । किनभने आमिर खानले सधैं केही विशेष समस्याहरू फिल्ममार्फत ल्याउँछन् र दर्शक सामु प्रस्तुत गर्ने गर्छन्।
यो चलचित्रको कुरा गर्दा यसको सम्पादनको काम सकिएको छ । फिल्मको ट्रेलर मे १ मा रिलिज हुँदैछ तर फिल्मको रिलिज मिति भर्खरै तय भएको छ, जो अब २० जुनमा रिलिज हुनेछ ।
यो फिल्म भन्दा पहिले ‘मिस्टर परफेक्शनिस्ट’ आमिर खान सन् २०२२ मा रिलिज भएको ‘लाल सिंह चड्ढा’ मा देखिएका थिए । ३ वर्षको लामो समय पछि आमिरको पुनरागमनलाई लिएर मानिसहरुले धेरै अपेक्षा गरेका छन् । फिल्ममा आमिर खानसँगै जेनेलिया देशमुख पनि छिन् तर अरू कलाकारको नाम भने अझै खुलाइएको छैन ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया