मोहनलालको फिल्म ओटिटीमा आउँदै

मुम्बई- ओटीटीमा चलचित्र हेर्नुको पनि आफ्नै रमाइलो छ।
अब अर्को भर्खरै रिलिज भएको फिल्म ओटीटीमा हिट हुने तयारी अवस्थामा छ। हो, लुसिफरको सिक्वेल अब ओटीटीमा धमाका गर्न आउँदैछ।
बक्स अफिसमा आफ्नो जादु देखाएपछि अब घरमै बसेर मानिसले ‘एल २: इम्पुरान’को मजा लिन सक्ने भएका छन् । हामी यो जानकारी गराउने छौं कि अब ‘एल २: इम्पुरान’ कहिले र कुन ओटीटीमा स्ट्रिम हुँदैछ ?
सिनेमाघरमा निकै हिट भएको मोहनलालको फिल्म ‘एल २: इम्पुरान’ अब ओटीटीमा मा अर्को साता आउँदैछ। हो, ‘एल २: इम्पुरान’ अब २४ अप्रिल २०२५ देखि जिओ हटस्टारमा स्ट्रिम हुँदैछ। मोहनलाल आफैले एक पोस्टमार्फत फ्यानहरूसँग यो जानकारी दिएका हुन्। वास्तवमा मोहनलालले आफ्नो सामाजिक सञ्जाल एक्स खातामा पोस्ट सार्वजनिक गरेर यो जानकारी दिएका हुन् ।
यस पोस्टमा फिल्मको एक अद्भुत पोस्ट सार्वजनिक गर्दै मोहनलालले यसको क्याप्सनमा लेखेका छन्, ‘एल २ इम्पुरान’ अप्रिल २५ बाट जियो हटस्टारमा मात्र स्ट्रिम हुनेछ।’
यो पोस्ट देखा पर्ने बित्तिकै उनका फ्यानरूको अनुहार खुशीले उज्यालो भएको छ । यस पोस्टमा प्रयोगकर्ताहरूले पनि आ–आफ्नो प्रतिक्रिया दिन सुरू गरेका छन् । एक प्रयोगकर्ताले भने कि ‘ल अब प्रतीक्षा समाप्त भयो ।’ अर्कोले लेखेका छन्, ‘हामी उत्सुकतापूर्वक पर्खिरहेका छौं ।’
यसका साथसाथै मोहनलालको फिल्म एल २: इम्पुरान को बारेमा कुरा गर्ने हो भने यो एक एक्सन प्याक पोलिटिकल थ्रिलर फिल्म हो, जसलाई अब घरमै बसेर रमाइलो गर्न सकिन्छ।
साथै फिल्मको विशेष कुरा यो हो कि फिल्ममा अमेरिकीहरुको क्यामियो पनि देख्न सकिन्छ । हो मोहनलालको फिल्ममा अभिमन्यु सिंह, पृथ्वीराज सुकुमारन, गेम अफ थ्रोन्स फेम जेरोम फ्लिन, मञ्जु वारियर, इन्द्रजित सुकुमारन र टोभिनो थोमसले महत्त्वपूर्ण भूमिका निभाएका छन्। फिल्ममा अमेरिकी कलाकार रिक युन र प्रणव मोहनलालको क्यामियो पनि गजबको देखिएको छ ।
मोहनलालको यो फिल्म मलयालम फिल्म उद्योगमा सबैभन्दा ठूलो ओपनिङ गर्ने र कमाउने फिल्मको रेकर्ड कायम गरेको छ । यसले ३०० करोड भन्दा बढी कमाउन सफल भएको थियो ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया