अफगानिस्तानमा अमेरिकाले छाडेका लाखौं हतियार आतंकवादीका हातमा

काबुल- अफगानिस्तानमा तालिवानले प्राप्त गरेका आधा मिलियन हतियारहरू आतंकवादी समूहहरूलाई बेचेको खुलेको छ ।
बीबीसीका अनुसार तीमध्ये कतिपय हराएको, अझै नियन्त्रणमा राखिएको भए पनि धेरै जसो हतियार तालिवानी समुहले आतंकवादी समुहलाई बिक्री गरेको छन्
संयुक्त राष्ट्र संघले यो विश्वास गरेको छ कि केही अमेरिकन हतियारहरू अहिले अल कायदा सम्बद्ध समुहको हातमा परिसकेको छ ।
तालिवानले २०२१ मा अफगानिस्तानको पुनः नियन्त्रण प्राप्त गरेको थियो । जहाँ धेरै जसो अमेरिकाले अनुदान दिएको हात हतियारहरू पनि छाडनु परेको अवस्था थियो । त्यो बेला लगभग १० लाख हतियार र सैन्य उपकरणहरू तालिवान समुहले नियन्त्रणमा लिएको एक पूर्व अफगान अधिकारीले जनाएका छन् ।
सन २०२१ मा तालिवान अफगानिस्तानमा बढ्दै जाँदा धेरै अफगान सैनिकहरूले आफ्नो हतियार र सवारीसाधन त्यागेर आत्मसमर्पण गरेका थिए वा अफगानिस्तान नै छाडेर बिदेश भाग्नु पर्ने अवस्था थियो । र, केही उपकरणहरू भने केवल अमेरिकी सेनाहरूले त्यही छाडेर स्वदेश फर्किएका थिए ।
अमेरिकी निर्मित हतियारहरू जस्तै एम ४ र एम १६ राइफलहरूका साथै तत्कालिन अफगानी सरकारको स्वामित्वमा रहेका अन्य पुराना हतियारहरू समावेश थिए । जुन दशकौंको द्वन्द्वमा अमेरिकाले अनुदानमा आफु समर्थित तत्कालिन अफगानी सरकारलाई दिएको थियो ।
गत वर्षको अन्त्यमा दोहामा भएको छलफलमा तालिवानले स्वयंले पनि यो स्वीकार गरेको थियो कि कम्तीमा आधा भन्दा बढी सैन्य उपकरणहरूको अवस्थाका बारेमा तालिवान सरकारलाई पनि जानकारी छैन । १.५ करोड भन्दा हतियार र हतियार जन्य सामाग्रीका बारेमा तालिवान सरकारलाई समेत कुनै जानकारी रहेको छैन ।
फेब्रुअरीमा आएको एक प्रतिवेदनमार्फत संयुक्त राष्ट्र संघले भनेको थियो कि ती हतियारहरू अहिले तहरीक– ए–तालिवान पाकिस्तान, इस्लामिक मूभमेन्ट अफ उज्वेकिस्तान, पूर्वी तुर्कस्तान इस्लामिक आन्दोलन र यमनको अन्सारुल्लाह आन्दोलनलगायत अल कायदा सम्बद्ध संगठनहरूको पहुँचमा ती हतियारहरू पुगेका छन वा तिनीहरूलाई कालो बजारमा विक्री बितरण गरिरहेका छन् ।
बीबीसीले यो कुरा तालिवान सरकारका उपप्रवक्ता हमदुल्लाह फितरातलाई प्रश्न राखेको थियो । फितरातका अनुसार हतियारको संरक्षण र भण्डारणलाई गम्भीरताका साथ तालिवानी सरकारले लिएको छ ।
‘सबै हलुका र भारी हतियारहरू सुरक्षित रूपमा भण्डारण गरिएका छन्। हामी तस्करी वा नोक्सानको दाबीलाई दृढतापूर्वक अस्वीकार गर्छौं,’ उनले भने।
तर, सन २०२३ को संयुक्त राष्ट्र संघको प्रतिवेदनले तालिवानले स्थानीय कमाण्डरहरूले जफत गरेका अमेरिकी हतियारहरूको २० प्रतिशत राख्न अनुमति दिएको र परिणामस्वरूप कालोबजारी फस्टाएको बताएको छ। यी कमाण्डरहरू तालिवानसँग सम्बद्ध छन् तर तिनीहरूको क्षेत्रहरूमा प्रायः स्वायत्तता छ।
संयुक्त राष्ट्रले उल्लेख गरेको छ कि ‘शक्ति सुदृढ गर्न स्थानीय कमाण्डर र लडाकुहरू बीच हतियारको उपहार व्यापक रूपमा दिइने अभ्यास भएको छ, कालो बजार तालिवानका लागि हतियारको धनी हुने स्रोत बनेको छ।’
तर, तालिवानले भने आतंकवादी समक्ष पुगेको बिषयलाई भने अस्विकार गर्दै आएको छ । पुनः अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भए पछि डोनाल्ड ट्रम्पले सो हतियार अमेरिकालाई फिर्ता दिनुपर्ने माग गरिरहेका छन् । तर, तालिवान सरकारले त्यसलाई पनि अस्विकार गरिरहेको छ ।

मस्कसँगको सम्बन्ध सुधार्ने इच्छा छैन : ट्रम्प

जब मस्कले ह्वाइट हाउसमा अनुमति बिना नै स्टारलिंकको वाईफाई जोडिदिए...
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd_Z7raxoUJFh_hn7oblycfptpqc3wyekj4albllgtmjsp1ryfkczgognj0kohyjwf7emrxlay_kQm5o2NNcC_pti0pv0mnbu35quordwy674hkp1f64cukfnugoesuykgbckhnzznnec8dgzq.jpg)
कोलम्बियामा राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहार

गाजामा थाइ बन्धकको मृत शरीर फेला, थाइल्याण्डद्वारा दुःख व्यक्त

'अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध'

अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान

‘एप्स्टिनको फाइलमा’ ट्रम्पको नाम पनि रहेको दाबी गरिएको मस्कको पोस्ट हटाइयो

प्रतिक्रिया