प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, २५७ घाइते

काठमाडौँ- यस वर्षको प्रि–मनसुनको हालसम्मको अवधिमा विपद्जन्य घटनामा परी ४१ जनाको मृत्यु भएको छ । दुई सय ५७ जना घाइते भएको रााष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार यस अवधिमा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ । मुलुकमा अहिले प्रि–मनसुनको अवधि छ । साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्म अर्थात् अङ्ग्रेजी महिनाको मार्च देखि मे महिनासम्मको समयलाई प्रि–मनसुन भनिन्छ । प्राधिकरणका अनुसार प्रि–मनसुनमा स्थानीय वायुको प्रभावले समान्यतया दिउँसो, साँझपख र राति मौसम खराब भई नेपालका केही स्थानमा असिना पर्ने, हुरीबतास चल्ने, मेघगर्जन र चट्याङ पर्नेजस्ता मौसमी गतिविधि हुने गर्छ ।
प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खण्डित वर्षा भइरहेको जनाएको छ । यो अवस्था अझै केही दिन रहने छ । जल तथा मौसम विज्ञान विभागका निकायबाट जारी हुने विपद्सम्बन्धी सूचना, पूर्वानुमान एवं चेतावनीको पालना गर्न, विपद्बारे चासो राखी चनाखो बनी विपद् सुरक्षित नेपाल निर्माणमा साथ सहयोग पुर्याउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।
संवैधानिक प्रावधान तथा सङ्घीय संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थपनको काम हुँदै आएको छ । यसका लागि स्थापित कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र स्थानीयदेखि केन्द्रसम्म क्रियाशील संस्थागत संरचना तथा संयन्त्रको प्रभावकारी परिचालन जरुरी रहेको प्राधिकरणले जनाएको छ ।

तुलालाई अरुले विश्वास गर्ने, वृश्चिक धार्मिक काममा व्यस्त रहने

स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

सामाजिक सेवामा स्काउटहरूको सक्रियता: नेसनल ओपन स्काउट क्र्यूद्वारा सन्चालित आँख…

फेसबुकमा अलविदा लेखेका डा. केशव भेट्टिए
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_YQBbSh2pgt_sknxlgjryi72cpc3rvo1qzkoglu4zg4auzefieqddmrsk22hiy1tf7ixj08i.jpg)
रंगिँदैछ ग्वार्को फ्लाई ओभर, असार ६ गतेदेखि सञ्चालनमा आउने (फोटो फिचर)

दु:ख र हैरानीको पराकाष्ठ : फेसबुकमा ‘अलबिदा’ लेखेर डाक्टर श्रेष्ठ सम्पर्कविहीन

प्रतिक्रिया