आफगानिस्तानमा विस्फोट : तीन बालबालिकाको मृत्यु, तीन घाइते

काबुल- अफगानिस्तानको बडाख्शान प्रान्तको जेबाक जिल्लामा शुक्रबार बिहान बारुद विस्फोट हुँदा तीनजना बालबालिकाको ज्यान गएको छ र तीनजना घाइते भएका छन् ।
प्रहरीका अनुसार यो बारुद पुराना युद्धको समयमा बाँकी रहेको थियो । घटनामा ९ देखि १४ वर्ष उमेरका बालबालिका परेका थिए । घाइते तीनै बालबालिकाको अवस्था गम्भीर रहेको बताइएको छ ।
बडाख्शान प्रान्तीय प्रहरी प्रवक्ता एहसानुल्लाह कामगारका अनुसार यो घटना स्थानीय समय अनुसार बिहान ११ बजे जेबाक जिल्लामा भएको हो ।
प्रवक्ताले थप विवरण नदिए पनि घटनासम्बन्धी अनुसन्धान सुरु गरिएको बताएका छन् ।
अफगानिस्तान विगतका युद्धका कारण बारुदजन्य वस्तुहरू धेरै बाँकी रहेको देश हो । यस्ता विस्फोटका कारण हरेक महिना धेरै मानिस, विशेष गरी बालबालिका, ज्यान गुमाउने वा घाइते हुने गर्छन् । (सिन्ह्वा)

एउटा यस्तो परिवार, जुन परिवारका १७ वर्षभित्र १० जनाले गरे आत्महत्या

युद्ध बंकरबाट पहिलो पटक निस्के इरानी सर्वोच्च नेता खामोनी

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने 'ओपेक प्लस'को रणनीति

भन्सार शुल्कमा ट्रम्पसँग ‘सजिलै सम्झौता’ नगर्ने जापानी प्रधानमन्त्रीको भनाइ

टेक्सास बाढी : मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
इयू–चीन व्यापार द्वन्द्व : चीनद्वारा प्रतिशोधात्मक प्रतिबन्धको घोषणा

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै

प्रतिक्रिया