कक्षा १२ को परीक्षा स्थगित भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड
भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेबाट शुरु हुने कक्षा १२ को परीक्षा स्थगित नगरिएकाले परीक्षाको तयारीमा निरन्तर लाग्न विद्यार्थीहरुलाई आग्रह गरेको छ ।
शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित भएको जनाउँदै शुक्रबार सामाजिक सञ्जालमा संप्रेषण भएको सूचनाले विद्यार्थीलाई भ्रमित पार्न खोजेको भन्दै यस्ता भ्रमा नपरी परीक्षाको तयारीमा जुट्न विद्यार्थीहरुलाई बोर्डले आग्रह गरेको छ ।
शुक्रबार बोर्डले एक विज्ञप्ती जारी गर्दै परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार हुने जानकारी दिँदै सामाजिक सञ्जालमा आएको विज्ञप्ति अनधिकृत भएकाले भ्रम फैलाउनेलाई कारबाही गरिने जनाएको छ ।
बोर्डले शुक्रबार सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न अभिभावक, शिक्षक एवं प्रधानाध्यापकलाई अपिल पनि गरेको छ ।
परीक्षा जस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखि अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साईवर कानुनअनुसार आवश्यक कारवाहीका लागि प्रकृया अगाडि बढाइएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । बोर्डको वेभसाईटमार्फत् सूचना सार्वजनिक हुने हुँदा अन्य श्रोतबाट प्रवाह भएका कुनै पनि सूचनामा भर नपर्न अनुरोधसमेत गरेको छ ।

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

धुलिखेलमा परामाणविक केन्द्र निर्माणको प्रक्रिया बढाइँदै, क्यान्सरको उपचारमा उपय…

शिक्षक, कर्मचारी र विद्यार्थी सङ्ख्या बराबर

चावहिलको स्टेरवे एजुकेशनल सर्भिसेजले निबन्ध प्रतियोगिता गर्दै

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

प्रतिक्रिया