९ महिनाको पुँजीगत खर्च ३७.५ प्रतिशत

भद्रपुर (झापा)- जिल्लाको चालु आर्थिक वर्ष को नौ महिनामा पुँजीगत खर्च ३७.५ प्रतिशत भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार झापाका लागि पुँजीगततर्फ रु १० अर्ब ७० करोड विनियोजन भएकामा चैत मसान्तसम्म रु चार अर्ब एक करोड ५२ लाख खर्च भएको छ । “चालुतर्फ विनियोजित रु १६ अर्ब १४ करोड ६८ लाखमध्य रु ११ अर्ब १९ करोड ७२ लाख खर्च भएको छ”, उनले भने ।
समग्रमा जिल्लाको रु १५ अर्ब २१ करोड २५ लाख १८ हजार खर्च भएको छ । चालु आवको चैत महिनासम्म रु १५ अर्ब २२ करोड ७३ लाख ६० हजार ९११ राजस्व सङ्कलन भएको छ ।

पुवा खोलामा बेलिब्रिज निर्माण, ३६ किमी दुरी छोटियो

मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते
खोक्सिकमा केन्द्रीय विद्युत्को पहुँच

भारत पुर्याइएका सात किशोरीको उद्धार

कोदो खेतीमा किसानको आकर्षण बढेन

ताप्लेजुङको नयाँ बसपार्क सञ्चालनमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

प्रतिक्रिया