नेपालमा पहिलो पटक स्काइवेल पाइलट समिट हुँदै

काठमाडौँ- विभिन्न वायुसेवा कम्पनीसँग आवद्ध रहेका नेपाली पाइलटहरू एउटै छाना मुनी संगठित हुने अभिप्रायले हालै पाइलट एसोसिएसन अफ नेपाल सञ्चालनमा ल्याइएको छ । जससँगै संगठित पाइलटहरू व्यवसायिकता अभिवृद्धि तथा जनचेतना अभिवृद्धिका माध्यमबाट नेपालको हवाई उड्ययन क्षेत्रममा सकारात्मक अभिवृद्धि ल्याउन थप अग्रसर देखिएका हुन् ।
यही प्रयासको पहिलो कदमका रुपमा आउँदो शनिबार अप्रिल १९, २०२५ का दिन मल्ल होटलमा नेपालको पहिलो पाइलट समिट, स्काइवेल पाइलट समिट २०२५ आयोजना हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आथित्यता रहने जनाएको छ । जसका लागि टाइटल स्पोनसरको रुपमा स्काइवेल, नेपालको पहिलो रियल इभी एसयुभीले साथ दिएको हो ।
टाइटल स्पोनसरको रुपमा गरिएको सम्झौता हस्ताक्षर समारोहमा स्काइवेल नेपालका आधिकारीक आयातकर्ता जि. मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले पाइलट जस्तो संवेदनशिल पेशाकर्मीसँगको साथ र ऐक्यबद्धतामा सरिक हुन पाउँदा खुशी ब्यक्त गर्दै यात्रुको सुरक्षामा उच्चतम विन्दुको मापदण्ड अपनाउने पाइलट र स्काइवेल दुवैको उदेश्यमा मेल खाने भएकाले यो सहकार्य सम्भव भएको बताए ।
यहाँ स्मरणीय छ स्काइवेल चीनमा उत्पादन भएर ६५ मुलुकमा निर्यात हुँदै आएको अग्रणी इयु प्रोडक्ट सर्टिफाइड इलेक्ट्रिक इभी हो भने यसले चाइना एनक्याप सेफ्टी रेटिङमा फाइभ स्टार रेटिङ् प्राप्त गरेको छ । फाइभ स्टार एनक्याप सेफ्टी रेटिङको सबैभन्दा उच्चतम मापदण्ड हो । नेपालकै पहिलो पाइलट समिटको टाईटल स्पोनसरको रुपमा रहेको स्काइवेल सन् २०२५ का लागि पाइलट एसोसिएसन अफ नेपालको आधिकारीक मोविलिटी पार्टनरको रुपमा चिनिनेछ ।
सम्झौतामा हस्ताक्षर गर्दै पाइलट एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन लेखनाथ पोखरेलले स्काइवेलले शुरुवाती चरणमै देखाएको तत्परता र विश्वासप्रति कृतज्ञता ब्यक्त गर्दै यात्रुको आरामदायिता र सुरक्षामा दुई प्रतिवद्ध संस्थाको सहकार्यको यो अनुपम नमुना भएको बताए ।
यस समिटको अवसर पारेर पाइलट एसोसिएसनको औपचारीक शुभारम्भ घोषणा समेत गरिनेछ । यसै समारोहमा सन् २०२५ भर नेपालको हवाई उड्डयनको सुरक्षा तथा संवेदनशीलताका क्षेत्रमा पाइलट एसोसिएसनले जनचेतना तथा व्यवसायिकता अभिवृद्धिका लागि आयोजना गर्ने विभिन्न कार्यक्रमको वार्षिक क्यालेण्डरसमेत सार्वजनिक गरिनेछ ।

दाँत पहेलो भयो ? यी घरेलु उपाय अपनाएर चाँदी जस्तै चम्काउनुहोस्

फुड रियालिटी सो सेफ नेपालः द प्रोफेशनलको आवेदन खुल्ला

वैज्ञानिकहरूले फेला पारे डाइनोसर युगको ११३ मिलियन वर्ष पुरानो कमिला

जब १ हजार ताराहरू एक आपसबाट भागिरहेको भेटियो, वैज्ञानिक हैरान

यस्तो छ आजको राशिफल

रामजानकी मन्दिर निर्माणको काम सुरु

एसपी गिरीले सम्हाले रौतहट प्रहरीको कमाण्ड

प्रतिक्रिया