चट्याङ लागेर रोहिताको मृत्यु

सिरहा- सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको कल्याणपुर नगरपालिका-६ भोक्राहाका ४५ वर्षीया बेचन रोहितालाई बिहीबार बेलुका चट्याङ लागेर मृत्यु भएको हो।
गहुँको खेतमा काम गरिरहेका बेला चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। खेतमा काम गर्ने क्रममा अचानक परेको चट्याङले लागेर घटनास्थलमै उनको ज्यान गएको बताइएको छ।
मृतक कल्याणपुर नगरपालिका–८ वडा कार्यालयमा कार्यरत थिए। घटनापछि स्थानीय प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेको थियो। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ।

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

लहानमा अवैध क्लिनिकहरूमाथि कडाइ, कानुनी दायरामा ल्याउने

विपक्षी दलका विरोधका कारण चौथो दिन पनि मधेस प्रदेशसभा बैठक अवरुद्ध

वीरगञ्जमा खानेपानीको संकट : समस्याको दीर्घकालीन समाधानमा जोड

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

प्रतिक्रिया