बाँदर धपाउने क्रममा करेन्ट लागेर मृत्यु

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाबुवालुङस्थित नास्तुमका ५८ वर्षीय गङ्गाप्रसाद ढकालको बाँदर धपाउने क्रममा करेन्ट लागेर ज्यान गएको छ ।
बाँदर धपाउन गएका ढकाललाई विद्युत्को पोलमा प्रवाह भएको करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली आज घटनास्थलमा गएको उनले बताए ।
बारीमा मकै गोड्न गएको समयमा बाँदर आएपछि धपाउन जाँदा करेन्ट लागेर ढकालको मृत्यु भएको हो । उनी परिवारसहित घर नजिकैको बारीमा मकै गोड्न गएका थिए । जङ्गलबाट हुल बाँधेर आएको बाँदर बारीमा प्रवेश गरेपछि खाली खुट्टा धपाउन जाँदा उनलाई करेन्ट लागेको हो । विद्युत् प्राधिकरणको लापरबाहीले ढकालको मृत्यु भएको आफन्तजनले आरोप लगाएका छन् ।
घटनाबारे छानविन भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।

प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता

बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता

कटारी जीप दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

सगरमाथा पदयात्रामा अमेरिकी पर्यटक सम्पर्कविहीन

खुम्बु क्षेत्रमा भारी हिमपात
मौरी पालेर वार्षिक ८ लाख बढी आम्दानी

मकालुमा चट्याङ लागेर १७ वटा भैँसी मरे

प्रतिक्रिया