पूर्वराजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बंगलादेशी मोडल पक्राउ

ढाका- यस महिना पक्राउ परेकी एक पूर्व सुन्दरी (ब्युटी क्विन) ले पूर्व साउदी राजदूतबाट ५० लाख डलर जबरजस्ती उठाउने प्रयासमा हनी–ट्र्याप गर्ने कोशिश गरेको बङ्गलादेश प्रहरीले बिहीबार बताएको छ ।
तीस वर्षीया मेघना आलमलाई सुरुमा यस दक्षिण एसियाली राष्ट्रको विवादास्पद कानूनअन्तर्गत कुनै आरोपबिना पक्राउ गरिएको थियो । उक्त कानूनले संदिग्धहरूलाई अनिश्चितकालका लागि हिरासतमा राख्न अनुमति दिन्छ ।
प्रहरी प्रवक्ता मुहम्मद तालेबुर रहमानले आलमलाई अब कथित ब्ल्याकमेल योजनामा जबरजस्ती वसूलीको आरोप लगाइएको बताए ।
अर्का एकजना वरिष्ठ प्रहरी अधिकारीले नाम नछाप्ने सर्तमा एएफपीलाई आलम र अन्यले कूटनीतिज्ञलाई पैसा हस्तान्तरण गर्न बाध्य पार्ने योजना बनाएको बताए ।
“बङ्गलादेशमा साउदी अरबमा प्रवासी कामदारहरूको सङ्ख्या सबैभन्दा बढी छ । सरकार कूटनीतिक सम्बन्धलाई खतरामा पार्न चाहँदैन”, अधिकारीले भने ।
साउदी अरब बङ्गलादेशलाई आर्थिक र मानवीय सहायताको निरन्तर दाता हो र यसका २० लाखभन्दा बढी बङ्गलादेशी कामदारहरू राज्यमा विदेशी मजदुरहरूको सबैभन्दा ठूलो समूह हो ।
आलम बिहीबार अदालतको सुनुवाइका क्रममा कानूनी सल्लाह बिना उपस्थित भएकी थिइन् र उनले आफ्नो गिरफ्तारी रद्द गर्न आग्रह गर्दै उनीविरुद्ध लगाइएका आरोपलाई अस्वीकार गरिन् ।
डेली स्टार अखबारले आलमलाई कूटनीतिज्ञले सम्पर्क गरेको भन्दै रिपोर्ट गरेको थियो । कूटनीतिज्ञले उनलाई सम्बन्ध सुरु गर्न आग्रह गरेका थिए ।
उनका बुबा बदरुल आलमले पनि ‘राजदूत र मेघना सम्बन्धमा थिए’ भनेका छन् । “मेरी छोरीले उनको विवाह प्रस्ताव अस्वीकार गरिन् किनकि उनको पहिले नै श्रीमती र बच्चाहरू छन्”, उनले गिरफ्तारीपछि भने ।
ढाकास्थित साउदी दूतावासले बिहीबार प्रश्नहरूको जवाफ दिएन ।
अप्रिल ९ मा आलमको गिरफ्तारीपछि मिस अर्थ बङ्गलादेश सौन्दर्य प्रतियोगिताको पूर्व विजेता मोडललाई ‘राज्यको सुरक्षामा बाधा पुर्याएको’ र ‘देशको आर्थिक हितमा पूर्वाग्रह राखेको’ आरोप लगाइएको प्रहरीले जनाएको छ ।
विशेष अधिकार ऐनअन्तर्गत उनको नजरबन्दको अधिकार समूहहरूले आलोचना गरेका थिए । “हामी अधिकारीहरूलाई या त मेघनालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त अपराधको आरोप लगाउन वा उनलाई रिहा गर्न आह्वान गर्दछौँ”, एम्नेस्टी इन्टरनेशनलले शुक्रबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ । (एएफपी)

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

प्रतिक्रिया