विकासको काम जति चाँडो हुनु पर्दथ्यो, त्यो हुन अझै सकेको छैन : शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली समाजको पुराना कुरा सम्झिने बानी निक्कै कमजोर भएको बताएका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले विगतमा राजतन्त्रले गरेको शोषण र अत्याचार सम्झिन आग्रह गर्दै राजतन्त्रको समाज अँध्यारो समाज भएको बताए ।
देश लोकतन्त्र आएपछि विकासको पथमा अघि बढिरहेको बताउँदै उनले तर जति आवश्यकता हो त्यस अनुसार विकासको गति अघि बढ्न नसकेको उनको धारणा छ । ‘राजनीतिक स्थिरताको अभावमा जति काम हुनु पर्ने हो त्यति हुन सकेको छैन’, उनले भने ।
देश बनाउने हो भने अब राजनीतिक स्थायित्वको दिशामा जान जरुरी रहेकोमा जोड दिदैँ उनले त्यसका लागि नेपालमा बलिया राजनीतिक दल आवश्यक रहेको पोखरेलले स्पष्ट पारेका छन् ।
देश विकासको लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक पार्टी र राजनीतिक स्थिरता चाहिने पोखरेलले बताए । जो देशको लागि काम गर्न सक्षम त उसै माथि आक्रमणको प्रयास भइरहेको उनको गुनासो छ ।
सक्षम नेतृत्वलाई खुइल्याउने काम भएको बताउँदै पोखरेलले आफ्नो सबै सम्पत्ति आफ्नो शेष पछि राष्ट्रको नाममा हस्तान्तरण गर्ने व्यक्तिलाई भ्रष्टाचारीको आरोप लगाउने काम भएको भन्दै उनले निन्दासमेत गरेका छन् ।
अब देश बनाउने पार्टी नेकपा एमाले नै भएको बताउँदै उनले एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताए । यसको लागि पार्टीलाई गोलबन्द बनाएर लैजानु पर्ने जनाउँदै विगतको कामको समीक्षा गरी भविष्यको दिशा निर्देश गर्नुपर्ने पोखरेलले बताए ।
देश विकासको लागि राजनीतिक अस्थिरता र सामाजिक अराजकता अन्त्य गर्नुपर्नेमा उनको जोड छ । ‘सामाजिक अराजकताको चरित्रलाई बदल्न सकिएन भने राष्ट्र निर्माणको हाम्रो आकाङ्क्षा पुरा हुन सक्दैन’, उनले भने ।
देशलाई पछाडि धकेल्न चाहनेलाई रोकेर देश निर्माणको अनुकूल वातावरण निर्माण गर्न आवश्यक रहेको उनले बताए । यसमा भूतपूर्व सैनिक र प्रहरीको महत्त्वपूर्ण भूमिका भएको पोखरेलको धारणा रहेको छ । पार्टी र देश विरुद्धको षडयन्त्रलाई परास्त गर्नुपर्नेमा पोखरेलको जोड छ ।

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

प्रतिक्रिया