वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या सबै पक्ष मिलेर समाधान गर्नुपर्छ : श्रममन्त्री भण्डारी

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार क्षेत्रमा देखिएका आवत समस्याहरू सबै पक्ष मिलेर समाधान गर्नुपर्ने बताएका छन् ।
बिहीबार वैदेशिक रोजगार व्यावसायी संघका नवनिर्वाचित पदाधिकारीहरूलाई मन्त्रालयमा स्वागत मन्त्री भण्डारी यस्तो बताएका हुन । उनले वैदेशिक रोजगार क्षेत्रमा देखिएको आवत समस्याहरू श्रम मन्त्रालय र वैदेशिक रोजगार व्यावसायी संघ मिलेर समाधान गर्नुपर्नेमा जोड दिए ।
उनले श्रम ऐन संशोधनका लागि कार्य निकै अगाडि बढी सकेको जानकारी गराउँदै अगामी संसद अधिवेशनबाट उक्त ऐन पारित हुने विश्वास व्यक्त गरे । बदलिदोँ परिवेशमा समय सापेक्ष श्रम ऐनका लागि वैदेशिक रोजगार व्यावसायहरूले पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।
वैदेशिक रोजगार व्यावसायीहरूको छाता संगठन वैदेशिक रोजगार व्यावसायी संघ नेपाल सरकारको प्रमुख अंग जस्तो भएको जिकिर गर्दै संघको ३१ औं साधारणसभाबाट नवनिर्वाचित भएर आएका पदाधिकारीहरूसँग सहकार्य गर्न आफु तत्पर रहेको उनले बताए ।
उनले वैदेशिक रोजगार क्षेत्रलाई अझै सुरक्षित, मर्यादित र सहज बनाउन सबैले एक ढिक्का भएर काम गर्नका लागि आव्हान गरे । उनले पच्छिलो समय वैदेशिक रोजगारबाट फर्केकाहरूमा देखिएका स्वास्थ्य समस्या एक गम्भीर चूनौतीको रुपमा देखा परेको चिन्ता व्यक्त गर्नै श्रमिकहरू स्वास्थ्य सुरक्षाका लागि सचेत र गम्भीर हुन व्यावसायीहरूलाई आग्रह गरे ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया