कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_tEt2vGTOaE_6hsdyii4iwjrgdtg8h6r0xnuqc0vn1miv3ctq2clxwlbf3vedjx1vqatkrod.png)
काठमाडौँ- कुमारी बैंकले नयाँ योजना “टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ !” सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनु हुनेछ, जसमा बम्पर उपहार आइफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनालाई रु.१०० को मोबाइल रिचार्ज उपहार समेत रहेको छ ।
यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा रु. १०० को मोबाइल टपअप र कम्तीमा रु. ५०० को फोनपे डाइरेट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ । यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहार (आइफोन १६)को लागि स्वतः योग्य हुनेछन् ।
यस अन्तर्गत, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले रु. १०० को मोबाइल टपअप जित्न सक्नेछन् । साथै, योजना समाप्त भएपछि सहभागी मध्यका एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप नयाँ आइफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन् । यो योजना १ बैंशाख २०८२ देखि ३१ बैशाख २०८२ गतेसम्म सञ्चालन हुनेछ ।
यस योजनाले ग्राहकहरूलाई कुमारी स्मार्ट मोबाइल बैंकिङ्ग एप मार्फत डिजिटल कारोबार गर्न अझ प्रोत्साहित गर्ने विश्वासका साथ मोबाइल टपअप र फोनपे डाइरेट कारोबारलाई प्रवद्र्धन गर्दै, डिजिटल बैंकिङ्ग सेवालाई अझ सहज, सरल, सुरक्षित र भरपर्दो बनाउने लक्ष्य बैकले राखेको छ ।

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्…

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया