सरकारलाई शिक्षक महासंघको जवाफ- शिक्षा विधेयक पारित नभएसम्म विद्यालय फर्किँदैनौँ

काठमाडौँ- नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित नभएसम्म आन्दोलन नरोकिने जनाएको छ ।
शिक्षा पत्रकार समूहले बुधबार काठमाडौँमा आयोजना गरेको अन्तक्रियामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदबाट विद्यालय शिक्षा विधेयक पारित हुने अवस्था नभएसम्म आन्दोलन नरोकिने बताएका हुन् ।
उनले विधेयक प्रतिनिधिसभाबाट पारित भए राष्ट्रियसभाबाट पारित हुन र राष्ट्रपतिबाट प्रमाणीकरण हुन समय नलाग्ने जिकिर गरे । त्यसका लागि मिति तोकेर नै विधेयकको प्रक्रियालाई अघि बढाउनुपर्ने उनको भनाइ छ ।
अध्यक्ष सुवेदीले आन्दोलन निर्णायक नभएसम्म कुनै पनि शिक्षक विद्यालय नफर्कने स्पष्ट पारे । आन्दोलनलाई सफल बनाउन प्रत्येक शिक्षकबाट एक सय रुपैयाँ उठाउन सर्कुलर गरिएको र त्यहि उठेको रकमबाट आन्दोलन चलिरहेको उनले बताए ।
उनले विद्यालय शिक्षा विधेयक अघि बढाउन बिभिन्न राजनीतिक दलको ढोकामा गएपनि उनीहरुले वेवास्ता गरेका कारण अहिलेको अवस्था आएको उल्लेख गरे । आफुहरूको आन्दोलनका कारण पढाईमा पर्ने असरको क्षतिपूर्ति आफुहरू दिन तयार रहेको उनले बताए ।
अध्यक्ष सुवेदीले बाधा नपारिकन सुन्ने चरित्र राज्यको नभएकाले आफुहरूले कठोर आन्दोलन गर्नुपरेको जिकिर गरे ।
सरकारले शिक्षकहरूको माग सम्बोधन गर्ने भन्दै बैशाख १२ गते संसद् अधिवेशन आव्हान गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले शिक्षकले उठाएका माग सम्बोधन गर्न तयार रहेको र त्यसका लागि संवाद गर्न संवेदनशील रहेको उल्लेख गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईका अनुसार नेपाल शिक्षक महासंघ उठाएका मागको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील तथा गम्भीर रहेको जानकारी दिएकी थिइन् । उनले शिक्षकले उठाएका यथोचित माग सम्बोधन गर्न सरकार तयार रहेको बताएकी थिइन् ।
महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको मन्त्री भट्टराईको भनाइ थियो । विद्यार्थी भर्नाको समय तथा एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षाको समय भएकाले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकलाई आ–आफ्नो कार्यथलोमा फर्किन मन्त्रिपरिषद्को बैठकले अनुरोध गरेको छ ।

कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

नेसनल प्याब्सनको चिन्ताः कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्यो…

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
यी हुन् केयुका तीन ‘व्यवस्थापन कार्यक्रम’

डेनमार्कमा प्याब्सनको नेतृत्व विकास सेमिनार सुरू, ५४ जना सहभागी

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

प्रतिक्रिया