जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

काठमाडौँ- जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीका अनुसार मोरङ र सुर्खेतबाट उनीहरू पक्राउ परेका हुन्।
मोरङकी २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका–८ राजघाट बस्ने ३७ वर्षीय मनोज धामीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
धामीले ती महिलालाई गत चैत २८ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उता सुर्खेतमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्का थप एकजना पक्राउ परेका छन् ।
वीरेन्द्रनगर नगरपालिका–१ ढोडेखाली बस्ने ५१ वर्षीय जयकृष्ण न्यौपानेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
न्यौपानेले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

दाँत पहेलो भयो ? यी घरेलु उपाय अपनाएर चाँदी जस्तै चम्काउनुहोस्

फुड रियालिटी सो सेफ नेपालः द प्रोफेशनलको आवेदन खुल्ला

वैज्ञानिकहरूले फेला पारे डाइनोसर युगको ११३ मिलियन वर्ष पुरानो कमिला

जब १ हजार ताराहरू एक आपसबाट भागिरहेको भेटियो, वैज्ञानिक हैरान

यस्तो छ आजको राशिफल

रामजानकी मन्दिर निर्माणको काम सुरु

एसपी गिरीले सम्हाले रौतहट प्रहरीको कमाण्ड

प्रतिक्रिया