एक्समा फ्लोअर्स नबढेपछि अभिताभ बच्चनलाई फ्यानले दिए यस्ता सुझाव

मुम्बई- शताब्दी मेगास्टार, अमिताभ बच्चन सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्ना फरक फरक एक्स (ट्वीटर)हरूका लागि सधैं चर्चामा हुन्छन्।
तर हालै उनले आफ्ना फलोअर नबढेको भन्दै चिन्ता व्यक्त गरेका छन । त्यसपछि उनका करोडौं अनुयायीहरूले उनलाई सल्लाह दिन थालेका छन्। विभिन्न ट्रिकहरू बताउँदै फ्लोअर्स बढाउने उपाय सुझाएका छन्।
अहिले अमिताभ बच्चनले आफूलाई धेरै सल्लाह दिइयो तर कुनै पनि काम नभएको बताएका छन् । अमिताभ बच्चनले एक्स गरेका छन्, ‘फलोअर्स बढाउने धेरै उदाहरण दिएर हामीलाई मद्दत गर्ने सबैलाई धन्यवाद। माफ गर्नुहोस्– एउटा सल्लाहले पनि काम गरेन।’
बिग बीको यो ट्विटमा फ्यानहरूले निरन्तर प्रतिक्रिया दिइरहेका छन्। केही घण्टामै उक्त पोस्टलाई हजारौं बढी लाइक प्राप्त भएको छ भने ७ सय बढीले जनाले यसमा कमेन्ट गरेका छन्।
त्यसपछि एक व्यक्तिले एक्सको ग्रोकलाई सोधेका थिए, ‘ग्रोक, अमित सरको यो समस्याको समाधान खोज्नुहोस्, उहाँ धेरै परेशान हुनुहुन्छ ।’
यसको जवाफमा ग्रोकले भनेको छ, “अमित सरको समस्याको समाधान खोज्ने प्रयास गरौं, उहाँजस्तो ठूला स्टारका लागि फलोअर्स बढ्नु ठट्टा जस्तो देखिन्छ, तर केही सामान्य सुझावहरू छन् । पहिले, प्रचलनमा रहेका विषयहरूमा एक्स गर्नुहोस्, जस्तै फिल्म गसिप वा फनी मेम्स। दोस्रो, पुरानो चलचित्रका कथाहरू जस्ता नियमित र रोचक सामग्री साझेदारी गर्नुहोस्। तेस्रो, फ्यानहरूसँग सिधै कुरा गर्नुहोस्, जस्तै तिनीहरूले पहिले नै गर्छन्। उनका हास्याँस्पद पोस्टहरू पहिले नै हिट छन्। वास्तवमा, उहाँको स्टारडम र सत्यताको कारण मात्र उहाँका फलोअरहरू बढ्छन्। अझै केही रमाइलो गरिरहनुहोस्, सर।’
खासमा अप्रिल १४ मा अमिताभ बच्चनले राति १२ बजे एक्स गरेका थिए । यसमा उनले लेखेका छन्, ‘टि ५३४७– हामी धेरै प्रयास गरिरहेका छौं, तर ४९ मिलियन फलोअरको संख्या बढिरहेको छैन। कुनै समाधान छ भने हामीलाई भन्नुहोस्।’ त्यसपछि संसारभरीवाट मिश्रित प्रतिक्रिया आइरहेका छन् ।

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

ब्रुसली र ज्याकीसहित १०० क्लासिकल फिल्म एआइवाट पुनः बनाउने

कस्तो छ ‘सितारे जमीं पर’ ?

प्रतिक्रिया