चीनले लगायो बोइङ जेटबाट डेलिभरी र सामान खरिदमा प्रतिबन्ध

बेइजिङ- चीनले आफ्ना एयरलाइन्स कम्पनीहरूलाई अमेरिकी विमान निर्माता कम्पनी बोइङबाट नयाँ विमानको डेलिभरी नगर्न निर्देशन दिएको छ।
ब्लूमबर्गको रिपोर्टका अनुसार बेइजिङले अमेरिकामा बनेका विमानका पार्टपुर्जा र उपकरणको खरिद रोक्न पनि आदेश दिएको छ। अमेरिकाको १४५ प्रतिशत ट्यारिफको जवाफमा चीनले यो आदेश जारी गरेको हो ।
बोइङ एयरप्लेन एक अमेरिकी कम्पनी हो, जसले हवाइजहाज, रकेट, स्याटेलाइट, दूरसञ्चार उपकरण र मिसाइलहरू निर्माण गर्दछ। कम्पनी विलियम बोइङद्वारा १५ जुलाई १९१६ मा स्थापित भएको थियो।
धेरै देशका एयरलाइन्स कम्पनीहरूले बोइङले बनाएका विमानहरू प्रयोग गर्छन्। बोइङ अमेरिकाको सबैभन्दा ठूलो निर्यातक हो र विश्वको तेस्रो ठूलो रक्षा सम्झौता निर्माता पनि हो।
अमेरिकासँग बढ्दो व्यापार युद्धका बीच चीनले ७ बहुमूल्य धातु (रेयर अर्थ सामग्री) निर्यातमा पनि प्रतिबन्ध लगाएको छ । चीनले चीनियाँ बन्दरगाहहरूमा कार, ड्रोनदेखि रोबोट र क्षेप्यास्त्रहरू सम्मिलित गर्न आवश्यक म्याग्नेटको ढुवानी पनि रोकेको छ।
यी सामग्रीहरू अटोमोबाइल, सेमी कन्डक्टर र एयर स्पेस व्यवसायहरूको लागि धेरै महत्त्वपूर्ण छन्। यो निर्णयले विश्वभरका मोटर वाहन, विमान, अर्धचालक र हतियार उत्पादन गर्ने कम्पनीहरूलाई असर गर्नेछ। यी निकै महँगो पनि हुनेछन्। अप्रिल ४ मा चीनले यी ७ बहुमूल्य धातुको निर्यातमा प्रतिबन्ध लगाउन आदेश जारी गरेको थियो ।
अब यो आदेश अनुसार यी बहुमूल्य धातुहरू र तिनीहरूबाट बनाइएका विशेष चुम्बकहरू विशेष अनुमति लिएर मात्र चीन बाहिर पठाउन सकिन्छ।

एउटा यस्तो परिवार, जुन परिवारका १७ वर्षभित्र १० जनाले गरे आत्महत्या

युद्ध बंकरबाट पहिलो पटक निस्के इरानी सर्वोच्च नेता खामोनी

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने 'ओपेक प्लस'को रणनीति

भन्सार शुल्कमा ट्रम्पसँग ‘सजिलै सम्झौता’ नगर्ने जापानी प्रधानमन्त्रीको भनाइ

टेक्सास बाढी : मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
इयू–चीन व्यापार द्वन्द्व : चीनद्वारा प्रतिशोधात्मक प्रतिबन्धको घोषणा

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै

प्रतिक्रिया