धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका
काठमाडौँ- चेन्नई सुपर किंग्सको कमाण्ड फेरि एमएस धोनीको हातमा रहेको छ।
रुतुराज गायकवाड घाइते भएपछि टोलीको कप्तानी फेरी उनले पाएका थिए । धोनीले आफ्नो कप्तानीमा टोलीलाई सोमबार लखनऊ सुपरजायन्ट्स विरुद्ध जित दिलाएका थिए। यस खेलमा फिनिशर धोनीलाई देखेर फ्यानहरू खुसी भए पनि दर्शकका मनपर्ने यी स्टार खेलाडी भने यतिबेला पीडामा रहेका छन् ।
खासमा धोनीले अन्तिम ओभरमा उत्कृष्ट इनिङ खेल्दै टोलीलाई जित दिलाएका थिए । धोनीले ११ बलमा २६ रनको अविजित इनिङ खेले र चार चौकासहित एक छक्का प्रहार गरे। धोनीको यो इनिङ टोलीका लागि म्याच बिजय हुन साबित भयो र जसका कारण उनको टिमले जारी सिजनको दोस्रो जित पनि हात पार्न सफल भयो । तर यो जितपछि धोनीको चिन्ता पनि बढेको छ र यसको कारण हो, उनको चोट ।
लखनउ विरुद्धको खेलको एउटा भिडियो भाइरल भइरहेको छ, जसमा धोनी खुट्टा खोच्चाइरहेको देखिन्छ । उनी होटल भित्र जाँदैछन् र रविन्द्र जडेजासँगै छन् । यो भिडियोमा धोनी खुट्टा खोच्चाइरहेका छन् । म्याचको दौरान पनि धोनी रन लिँदा खुट्टामा चोटा लागेको देखिएको थियो । यसअघि पनि धोनीलाई सन् २०२३ मा घुँडामा चोट लागेको थियो ।
धोनीले आफ्नो कप्तानीमा यो सिजन टोलीलाई जित दिलाएका थिए र त्यसपछि उनले आफ्नो घुँडाको शल्यक्रिया पनि गराएका थिए । तर, यो चोटका कारण धोनी लगातार चिन्तित छन् । धोनीको अहिलेको चोट कत्तिको गम्भीर छ भन्न गाह्रो छ तर फ्यानहरू भने उनी घाइते भएर सिजन वा केही खेलबाट बाहिरिने पो हुन कि भन्ने चिन्तामा छन् । फ्यानहरूले आशा गर्नेछन् कि धोनी पूर्णतया फिट छन् र कप्तानीसँगै पुरानो शैलीमा ब्याटिङ गर्न आउनेछन् ।

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_LLEX9Vreec_id575usoietdrtsruay6baycrj6dzxyuzhcve6ejcwcxa7m0x2e1khahdrjg.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

प्रतिक्रिया