चट्याङ लागेर दुई घाइते

ओखलढुङ्गा- यहाँको चम्पादेवी गाउँपालिका–९ डल्लीडाँडामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । मंगलबार चट्याङको झिल्को लागेर त्यहाँस्थित हरी तामाङको होटलमा खाजा खाँदै गरेका दुई जना घाइते भएका हुन् ।
चट्याङ लाग्दा चम्पादेवी–८ विलन्दुका ३१ वर्षीय चुत्रबहादुर दर्जी र त्यहाँकै पुरानो गाउँ बस्ने गणेश लाखेकी छोरी १६ वर्षीया सविना लाखे घाइते भएकी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । घाइतेको तत्काल उद्धार गरी नजिकैको स्वास्थचौकीमा उपचारका लागि पठाइएको उनले बताए ।
चम्पादेवी गाउँपालिकाको पालिकास्तरीय राष्ट्र«पति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइरहेको स्थान नजिकै परेको चट्याङको झिल्काले अन्य केही स्थानीय तथा खेलाडीलाई समेत चोट लागेको छ ।

प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता

बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता

कटारी जीप दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

सगरमाथा पदयात्रामा अमेरिकी पर्यटक सम्पर्कविहीन

खुम्बु क्षेत्रमा भारी हिमपात
मौरी पालेर वार्षिक ८ लाख बढी आम्दानी

मकालुमा चट्याङ लागेर १७ वटा भैँसी मरे

प्रतिक्रिया